२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्मले जस्तै लोकतान्त्रिक गणतन्त्रले पनि नैतिक मूल्य र सदाचार खोजेको छ : राष्ट्रपति



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सबै धर्मले जस्तै संघीय लोकतान्त्रिक गणतन्त्रले पनि नैतिक मूल्य र सदाचार खोजेको बताउनुभएको छ । उँहाले भगवान महावीरको २६२३औं जन्मोत्सवका अवसरमा नेपाल जैन परिषदद्वारा आइतवार आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले सबै धर्मको मूल लक्ष्य भनेको अधिकतम मानव जातिको कल्याण भएको पनि स्पष्ट पार्नुभयो । राष्ट्रपति पौडेलले धर्मको लक्ष्य सुख, शान्ति, प्रगति, अनुशासन, सभ्य एवम् सुसंस्कृत समाज र देशको निर्माण भएको पनि बताउनुभयो ।

“हाम्रो जस्तो विभिन्न जातजाति, भाषाभाषी, धर्म र संस्कृति भएको देशमा सबै नेपालीहरूबीच रहेको धार्मिक सहिष्णुता, मेलमिलाप र सद्भाव नेपालीको विशिष्ट पहिचान हो, विविधतामा एकता र त्यसकै जगमा सुदृढ राष्ट्रिय एकता हाम्रो नेपाली मौलिकपन हो जो विश्वकै लागि अनुकरणीय छ भन्ने मलाई लाग्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले धर्म त्यागमा हो, भोगमा होइन भन्दै भावशुद्धि र चरित्रशुद्धि भएन भने आध्यात्मिक उपलब्धि हुन सक्दैन भन्नुभयो । “जीवन व्यवहारमा नैतिक मूल्यहरूको स्थापना र सदाचार प्रथम प्राथमिकता हो, आज हाम्रो समाज, राजनीति र हामीले अवलम्बन गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले पनि त्यही नैतिक मूल्य र सदाचार खोजेको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले २६२३ औं जन्म कल्याणक दिवसको अवसरमा सम्पूर्ण नेपाली जैन धर्मावलम्बी दाजु–भाइ, दिदी–बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै नेपालमा जैन धर्मावलम्बीहरूको प्रतिनिधि संस्था नेपाल जैन परिषदको अग्रसरतामा सदाझै भगवान महावीरको २६२३ औं जन्म जयन्तीलाई अहिंसा दिवसको रुपमा मनाउनु सकारात्मक र समय सान्दर्भिक भएको बताउनुभयो । “परिषदले भगवान महावीरका सिद्धान्त अहिंसा, अपरिग्रह र अनेकान्त आदि जीवन्त उपदेशहरूको प्रचारप्रसार, संवर्धन र प्रवर्धनका लागि सरकोकारवाला संस्थाहरूसँग हातेमालो गर्दै अघि बढ्नु प्रशंसनीय कार्य हो”, उहाँले भन्नुभयो ।

भगवान महावीरका सिद्धान्त र विचारहरू आज अझ सान्दर्भिक भएका छन् भन्दै उहाँले अनेकान्तको अभाव एवं परिग्रहको मानसिकताले संसार आक्रान्त भएको बेला संसारलाई खुशी एवं समृद्ध बनाउन उहाँका सिद्धान्त समस्याको समाधानको उपायमध्ये एक हो भन्ने मलाई लाग्छ भन्नुभयो ।

नेपालमा जैन धर्मावलम्बीहरू विभिन्न समुदाय बीचमा मिलेर बसेको बताउँदै राष्ट्रपति पौडेलले जहाँ भएपनि भगवान महावीरका सिद्धान्तलाई अनुशरण गर्दै धर्म, संस्कृति र समाज सेवाका माध्यमबाट सकारात्मक छाप छोड्न सफल रहेको धारणा व्यक्त गर्नुभाये । “अहिंसा, शान्ति, अनेकान्तवाद, नैतिकता, सद्चरित्रता, समभावजस्ता जैन दर्शनको प्रचार गरी यो संस्थाले भविष्यमा अझै प्रभावकारी कार्य गर्ने मैले विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।

धर्ममा नैतिकता, प्रामणिकता, प्रतिबद्धता, र सत्यता हुन्छ । त्यसले हामीलाई सुमार्गमा डोरयाउन सक्छ भन्दै उहाँले विश्वमा अहिंसा तथा शान्तिको वातावरण सृजनामा भूमिका खेल्नुपर्ने वर्तमानको माग हो भन्नुभयो ।