• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रह बस्ने धम्की



काठमाडौँ । अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई तीन हप्ताको अल्टिमेटम दिनुभएको छ ।

शनिवार काठमाडौंको माईतीघरमा प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै उहाँले चिकित्साशिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकालाई कारबाही गर्न माग गर्नुभएको हो । यसअघि आफूसँग गरिएका माग पूरा गर्न तीन हप्ताको समय दिएको पनि बताउनु भयो ।

उहाँले आफूले अघि सारेका विषयलाई सम्बोधन गर्न सरकारलाई तीन साताको ‘अल्टिमेटम’ दिँदै तीन हप्ताभित्र नागरिक अधिकारको पुनःस्थापना, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय, पीडकलाई सजाय र कार्की आयोगले दोषी ठहर गरेका व्यक्तिहरुलाई कारबाही गर्न माग गर्नुभयो ।

उच्च शिक्षा सम्बन्धी ऐन तत्काल पारित गर्न र सबै सम्झौताहरु कार्यान्वयन नभए सत्याग्रह बस्ने चेतावनी दिनुभयो ।