• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरको कार्यालयमा ★   अक्षय कुमारले गरे पत्नी ट्वींकलको तारिफ ★   कोठाभाडा तिर्न नसक्दा कृष्णले मृत्युको बाटो रोजे ★   खेलकुदमन्त्री श्रेष्ठको शेयरमा एक करोड बढी लगानी ★   सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा ★   संसदबाटै बजेट आउने माओवादी सांसदहरुको दाबी ★   डीपी अर्यालको सम्पत्तिः १५० तोला सुन, हिरा १० तोला ★   महासेठको सम्पत्तिः दुईवटा घर, सवा दुई करोड बैंक ब्यालेन्स ★   नारायणकाजीको सम्पत्तिः प्रधानमन्त्रीले दिएको गाडी चढ्ने, खातामा १ लाख २२ हजार रुपैयाँ

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को फिल्म के हुन्छ थाहा छैनः अनमोल केसी



काठमाडौँ । चलचित्र ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता अनमोल केसीले आफ्ना लागि ‘फर्की फर्की’ नयाँ किसिमको र चुनौतिपूर्ण रहेको बताउनु भयो । उहाँले आफ्ना लभ स्टोरी चलचित्रहरु दर्शकहरुले बढी रुचाएकाले यस चलचित्र पनि रुचाउने अपेक्षा व्यक्त गर्नुभयो ।

उहाँले अन्य कलाकारहरुले भनेको जस्तो आफूसँग पाइपलाइनमा १० वटा फिल्महरु नरहेको बताउनु भयो । उहाँले कुनै नयाँ फिल्म खेल्ने योजना नबनाएको बताउँदै चलचित्र ‘फर्की फर्की’को नतिजापछि मात्रै अर्का फिल्मबारे सोच्ने बताउनु भयो । उहाँले यो फिल्मपछि कुन फिल्म आउँछ भन्नेबारेमा आफू पनि अनविज्ञ रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेरा लागि यो प्रोजेक्ट नयाँ किसिमको र चुनौतिपूर्ण थियो । मेरो अडियन्सले लभ स्टोरी रुचाउनुभएको छ । त्यसलाई नै मैले अहिले पस्किएको छु । यो ट्रेलरमा स्टोरी खुलाएका छैनौँ । दोस्रोमा धेरै खुल्नेछ । अरु एक्टरहरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु पनि छैन । प्लान पनि त्यस्तो केही गरेका छैन । यो फिल्मपछि मेरो कुन फिल्म आउँछ, म आफैँलाई थाहा छैन । यसको रिजल्ट जे हुन्छ, त्यही अनुसार म मेरो अर्को फिल्म डिसाइड गर्छु ।’

चलचित्र फर्की फर्कीलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । सुयोगकै कथा एवं पटकथा रहेको फिल्मको निर्मातामा ओमप्रकाश अग्रवाल छन् । मनोज वली र रामु न्यौपाने सहनिर्माता, अरूण रिजाल एसोसियट निर्माता रहेको फिल्ममा मोती कार्की र अनिरूद्र गिरी कार्यकारी निर्माता छन् ।

नरेन्द्र मैनालीको डिओपी रहेको फिल्मको सम्पादक सुरेन्द्र पौडेल हुन् । काफिया फिल्मस र कुबेर फिल्मले ’फर्की फर्की’ लाई वितरण गर्नेछन् । यो लभस्टोरी फिल्म बुद्ध जयन्तीको अवसर पारेर जेठ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । फिलममा केसीसँगै जसिता गुरुङ, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको अभिनय रहेको छ ।