• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरको कार्यालयमा

८९ रनमा अलआउट हुँदै आफ्नो न्यून स्कोर बनाएको गुजरातमाथि दिल्लीले ८.५ ओभरमै खेल जित्यो



काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा बुधबार १७ औं सिजनको सबैभन्दा कम स्कोर बनेको थियो । गुजरात टाइटन्सले ८९ रन मात्र बनाउन सक्यो ।

आईपीएलमा यो टोलीको सबैभन्दा कम स्कोर हो । दिल्ली क्यापिटल्सले लक्ष्य ८ दशमलव ५ ओभरमा पूरा गर्यो, जुन धेरै बल बाँकी रहेको दिल्लीको सबैभन्दा ठूलो जित हो ।

दिल्लीका विकेटकिपर कप्तान ऋषभ पन्तले विकेट पछाडि ४ विकेट लिए ।

आईपीएल २०२४ को ३२औं खेलमा दिल्लीले गुजरातलाई ६ विकेटले पराजित गरेको हो । ९० रनको लक्ष्य पछ्याएको टोलीले ८.५ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो । ओपनर ज्याक फ्रेजर–मगार्कले १० बलमा २० रन, शाइ होपले १० बलमा १९ रन र कप्तान ऋषभ पन्तले १६ रन बनाए ।

अहमदाबादमा दिल्लीले टस जितेर बलिङ रोजेको थियो । गुजरात टाइटन्स १७.३ ओभरमा ८९ रनमा अलआउट भयो । डिसीका मुकेश कुमारले ३, इशान्त शर्मा र ट्रिस्टन स्टब्सले २–२ विकेट लिए । अक्षर पटेल र खलिल अहमदले १–१ विकेट लिए भने एक ब्याट्सम्यान रनआउट भए ।

गुजरातका रासिद खानले ३१ रन बनाए भने अन्य कुनै ब्याट्सम्यानले १५ रनको अंक पनि पार गर्न सकेनन् । साई सुदर्शनले १२ रन र राहुल तेवाटियाले १० रन बनाए ।