• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   लुक्सका कारण रिजेक्ट भएका मोहनलाल जसले एक वर्षमा २५ हिट फिल्म दिए ★   स्थानीय उत्पादन बेच्न छ घण्टा पैदलयात्रा ★   ४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प ★   राष्ट्रिय सभामा काँग्रेसको अवरोध कायमै: राष्ट्रपतिलाई धन्यवाद दिने प्रश्ताव पारित सभाको सहमति ★   बैतडीका दाजुबहिनीको कर्नाटकमा शङ्कास्पद मृत्यु ★   प्रतिनिधिसभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित ★   दिनेश कार्तिकले किन अरुको भन्दा फरक हेल्मेट लगाउँछन् ? ★   सरकारसँग काँग्रेसको माग: उपप्रधानमन्त्री लामिछानेलाई तत्काल पक्राउ गरियोस् ★   संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह ★   आईपीएलमा तहल्का पिटेका यी ब्याट्सम्यानको भाग्य चम्कियो, टी–२० विश्वकपका लागि अस्ट्रेलियाको टोलीमा मौका

इलाम क्षेत्र नं २ को विकास र यहाँका नागरिकको समृद्धिका लागि सुहाङले जित्नुपर्छ – ओली



मङ्लगबारे । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं २ मा एमालेले उम्मेदवार बनाएका युवा सुहाङ नेम्वाङलाई जिताउन यहाँका मतदाताहरुलाई अपिल गर्नुभएको छ ।

इलाम क्षेत्र नं २ को देउमाई नगरपालिकास्थित मङ्गलबारे बजारमा आज आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सो अपिल गर्नुभएको हो ।

नेकपा (एमाले)का यस क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गएको भदौ २६ गते मृत्यु भएपछि इलाम क्षेत्र नं २ मा उपनिर्वाचन हुन लागेको हो । स्वर्गीय नेता सुवासचन्द्र नेम्वाङको सपना पूरा गर्न पनि उहाँका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको भन्दै अध्यक्ष ओलीले सुहाङलाई मतदान गर्न आग्रह गर्नुभयो ।

इलाम क्षेत्र नं २ को विकास र यहाँका नागरिकको समृद्धिका लागि सुहाङ नेम्वाङ विजयी हुनुपर्ने उहाँको भनाइ थियो ।

नेकपा (एमाले)ले घरघरमा वृद्ध भत्ता पु¥याएको, सामाजिक सुरक्षा भत्ता वितरण गरेको र सडक निर्माणलगायत धेरै काम गरेको पनि उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले एमालेले मुलुकमा कस्तो विकास गर्छ भन्ने कुरा आफू प्रधानमन्त्री हुँदा देखाएको बताउनुभयो । उहाँले भन्नुभयो, “म प्रधानमन्त्री हुँदा दुई सय १० पालिकादेखि सदरमुकाम जोड्ने सडक र तीन सय ९६ वटा पालिकामा अस्पताल बनाउन शिलान्यास गरेको थिएँ तर सरकारबाट बाहिरिएपछि ती सबै अलपत्र परेका छन् । अब अधुरा र अलपत्र कामहरुलाई आउँदो निर्वाचनसम्ममा पूरा गर्नुपर्छ ।”

एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले एकल जातीय पहिचानको कुराले जातीय सद्भावलाई खल्बल्याउने धारणा राख्नुभयो ।

नेकपा (माओवादी केन्द्र)को कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङले कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउने ‘एजेन्डा’ पूरा गर्नका लागि पनि वामपन्थीहरुका साझा उम्मेदवार सुहाङलाई विजयी गराउनुपर्ने बताउनुभयो ।

सो सभामा उम्मेदवार नेम्वाङले आफूले जितेको खण्डमा इलाम क्षेत्र नं २ को विकास गर्ने र यहाँका नागरिकले शिर झुकाउनुपर्ने कुनै काम नगर्ने बताउनुभयो । उहाँले यही वैशाख १५ गते हुने निर्वाचनमा आफूलाई मतदान गर्न अपिल पनि गर्नुभयो ।

यस क्षेत्रमा १२ राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । एमालेका सुहाङसँगै नेपाली कांग्रेसका इलाम सभापति डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचानवादीका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम)रहेका छन् ।