२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो रहनेछ आजको मौसम…



अ+ अ-

काठमाडौं । हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशको केही पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहेको छ, तराईका भू-भागमा बाक्लो हुस्सु कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा  साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको साथै तराईका भू-भागहरुमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

शुक्रबार देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश न। १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा  साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ।