२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

छलफलका लागि नेपाल – दाहाल समूहबाट आयोगसँग समय माग



अ+ अ-

काठमाडौ ।  नेकपा नेपाल–दाहाल समूहले  निर्वाचन  आयोगसँग छलफलका लागि केही दिनको समय माग गरेको छ । आयोगले नेकपा विवाद निर्वाचन प्रयोजनका लागि दल दर्ता र निर्वाचन तयारीका लागि भएका कामबारे छलफल गर्न नेकपाका दुवै पक्षलाई आयोगमा बोलाएको थियो ।

नेपाल– दाहाल समूहका नेता राजेन्द्र पाण्डे, लीलामणि पौडेल र मुक्ति प्रधानले  छलफलमा अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल नै  आयोगमा उपस्थित  हुन चाहेको तर पूर्व निर्धारित कार्यक्रम भएका कारण १८ गतेसम्मका लागि समय माग गरेको जानकारी गराउनु भयो  । उहाँहरुले समय माग गरेको निवेदन आयोगमा दर्ता पनि गराउनु भएको छ ।