काठमाडौंः नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सर्वसाधारणका लागि माग गरिएको शेयर शुक्रबार बाँडफाँड गरिएको छ । एनआइबिएल एस क्यापिटलको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा चिठ्ठा विधिबाट शेयर बाँडफाँड गरिएको हो ।
बैंकले कूल आठ अर्ब रुपैयाँ बराबरको आठ करोड कित्ता शेयर जारी गरेको थियो ।
तर मागभन्दा २.२१ गुणा बढी आवेदन परेका थिए । एस क्यापिटलका अनुसार १४ लाख ७५ हजार आवेदकले १६ करोड ७२ लाख १० हजार कित्ताका लागि आवेदन दिएका थिए ।
वितरित शेयरः
३४,०३० आवेदक – १० कित्ता
२९,८५४ आवेदक – २० कित्ता
२०,२४८ आवेदक – ३० कित्ता
१६,९३४ आवेदक – ४० कित्ता
१७९,९३८ आवेदक – ५० कित्ता
१,१९४,००४ आवेदक – ५० कित्ता
४९२,०७२ आवेदक – थप १० कित्ता











