• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलमा तहल्का पिटेका यी ब्याट्सम्यानको भाग्य चम्कियो, टी–२० विश्वकपका लागि अस्ट्रेलियाको टोलीमा मौका ★   संसदमा कांग्रेसको नाराबाजी कायमै ★   कस्तो छ कोलकाताको प्लेअफ आँकडा ? ★   प्रधानमन्त्री नेतान्याहुको गिरफ्तारी आदेशको निन्दा गर्दै आइसिसीलाई प्रतिबन्ध गर्ने अमेरिकी सांसदको माग ★   कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न धनुषा अदालतको अनुमति ★   चितवनमा शल्यक्रियाबिना मुटुको प्वाल टालियो ★   म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलुखेती ★   थलीमा मृत भेटिएका नगरकोटीका छोरा फर्पिङमा घाइते अवस्थामा फेला ★   उपेन्द्र यादवको दुवै रिट पेशीमा ★   कार्यदलको बैठक निष्कर्षविहीन

दुई तेस्रो लिङ्गीसहित इलाम–२ मा पाँच सय ४७ मतदाता थपिए



फिक्कल । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९ हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सो क्षेत्रमा ५९ हजार १८ जना पुरुष, ५६ हजार आठ सय ६९ र दुई जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।

अघिल्लो निर्वाचनमा कायम मतदाता सङ्ख्याभन्दा यो पाँच सय ४७ ले बढी हो । अघिल्लो निर्वाचनमा सो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाता थिए ।

इलाम–२ मा छवटा पालिकाका ४२ वटा वडा छन् । सो क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र देउमाई नगरपालिका पूरै तथा इलाम नगरपालिका (१० वडाबाहेक) र माई नगरपालिकाका–६, ७ र ८ वडा छन् ।

चुलाचुलीमा १८ हजार पाँच सय ४५, माङसेबुङमा १२ हजार पाँच सय ३६, फाकफोकथुममा १६ हजार तीन सय दुई, देउमाईमा २६ हजार तीन सय ६५, इलाममा ९१० वडा बाहेक० ३४ हजार ४५ र माईका– ६, ७ र ८ वडामा आठ हजार ९६ मतदाता रहेका आयोगले जनाएको छ ।

उपनिर्वाचनमा १२ वटा राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सो क्षेत्रका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गत भदौ २६ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । रासस