काठमाडौं । नेकपा ओली समूहका नेताहरुले सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेकाले निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई सुझाव दिएका छन् । आयोगले दल दर्ता र निर्वाचनको तयारीका बारेमा छलफल गर्न नेकपाका दुबै समूहलाई बोलाएको थियो ।
ओली समूहबाट महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ, विमला राई पौडेल निर्वाचन आयोगमा पुगी दल दर्ता प्रक्रिया अघि बढाउन सुझाव दिएको हो । आयोगबाट फर्कने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता नेम्वाङले आयोगले पार्टीको आधिकारिकताकाे टुङ्गो लगाइसकेका कारण अब प्रक्रिया अघि बढाउन कुनै समस्या नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, केही साथीहरुलाई हामी आधिकारिक हौं भन्ने लागेको छ त्यो कुरा आयोगले टुङ्गो लगाइसक्यो, अब दल दर्ताको प्रक्रियामा जानुपर्छ बाँकी कुरा निर्वाचनबाट सबै टुंगो लाग्छ ।











