काठमाडौं । निर्वाचन आयोगले विवादमा रहेको नेकपाका दुवै समूह, ओली समूह र दाहाल नेपाल समूहलाई छलफलका लागि आयोगमा आज बोलायो । आयोगले हिजो चिठी काटेर विवादमा फसेको र दुइ चीरामा विभाजन भएर आ अफ्नै कार्यक्रम गरिरहेको नेकपाका दुवै पक्षलाई छलफलका आज ११ः३० मा आयोगमा बोलाएको थियो ।
निर्वाचन प्रयोजनका लागि दल दर्ता र निर्वाचन तयारीका लागि भएका कामबारे छलफल गर्न नेकपाका दुवै पक्षलाई आयोगमा बोलाएको आयोगले जनाएको छ ।
आयोगमा ओली पक्षका नेताहरु पुगेका थिए भने नेकपा नेपाल–दाहाल समूहले निर्वाचन आयोगसँग छलफलका लागि केही दिनको समय माग गरेको छ ।
नेपाल– दाहाल समूहका नेता राजेन्द्र पाण्डे, लीलामणि पौडेल र मुक्ति प्रधानले छलफलमा अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल नै आयोगमा उपस्थित हुन चाहेको तर पूर्व निर्धारित कार्यक्रम भएका कारण १८ गतेसम्मका लागि समय माग गरेको जानकारी गराउनु भएको थियो।
उहाँहरुले समय माग गरेको निवेदन आयोगमा दर्ता पनि गराउनु भएको थियो । त्यस विषयमा आयोगले कुनै निर्णय गरेको छैन । यस विषयमा पुनः दलहरुलाई जानकारी गराउने आयोगले जनाएको ।
तर अहिले यहाँ उल्लेख गर्न खोजिएको प्रसंग चाहिँ यो होइन । प्रसंग के हो भने दुई लअग अलग दल भनेर नचिनेको बताइ आएको आयोगले किन दुई पक्षलाई बोलायो त ? प्रश्न यो हो । निर्वाचन आयोगले तीन दिन अघि दिएको निर्णयमा नेकपा एउटै भनेर चिनेको र पछिल्ला केही दिनमा नेकपाका दुइ पक्षहरुले गरेका एक अर्कामाथिको कारबाही तथा कार्यसमितिहरुको विस्तारलाई नचिन्ने जनाएको थियो ।
तर यसरी नेकपा एउटै मात्र चिनेको, माधव नेपाललाई पार्टीको अध्यक्षका रुपमा र केपी ओलीलाई नेपाल दाहाल पक्षले पार्टीबाट निष्कासन गरेको विषयमा नचिनेको आयोगले कुन आधारमा ओली समूह र दाहाल नेपाल समूह भनेर बोलायो त ?











