• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित ★   कानुनअनुसार हुने हरेक अनुसन्धानमा सहयोग गर्न तयार छु – कान्तिपुर अध्यक्ष सिरोहिया ★   राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता ★   आईपीएल प्लेअफमा वर्षाले खेल रोकिएमा के हुन्छ ? ★   नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी ★   सहकारीको रकम अपचलनबिरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली ★   ‘सिप मेला’ मा अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क ★   लुक्सका कारण रिजेक्ट भएका मोहनलाल जसले एक वर्षमा २५ हिट फिल्म दिए ★   स्थानीय उत्पादन बेच्न छ घण्टा पैदलयात्रा ★   ४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प

जापानले येनको गिरावटलाई रोक्न आवश्यक कदम चाल्ने



टोक्यो । जापानका अर्थमन्त्री सुनिची सुजुकीले सोमबार विदेशी मुद्राको चलायमानलाई नजिकबाट नियालिरहेको बताउनुभएको छ ।

उहाँले सोमबार अमेरिकी डलरविरुद्ध येन ३४ वर्षकै तल्लो तहमा झरेका कारण जापानले कारवाहीका लागि ‘सबै आवश्यक कदम’ चाल्ने टिप्पणी गर्नुभयो ।

ओरालो लागिरहेको जापानी मुद्रा टोक्योमा अमेरिकी डलरको तुलनामा करिब एक सय ५३ दशमलव ७० सम्म कमजोर भएको छ । यस्तो स्तर सन् १९९० पछि देखिएको थिएन । यसबाट जापानी सरकारका लागि सन् २०२२ मा गरेजस्तै हस्तक्षेप गर्ने सम्भावना सिर्जना भएको छ ।

“हामीले घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ र सबै आवश्यक कदम चाल्नेछौँ”, मन्त्री सुजुकीले पत्रकारहरूलाई भन्नुभयो ।

जापानी येन पहिले नै विगतको स्तरभन्दा तल झरेको छ । जापानले पहिला नै गिरावट रोक्न हस्तक्षेप गरेको थियो । सन् २०२२ अक्टोबरमा एक अमेरिकी डलरको तुलनामा एक सय ५२ येनको नजिक पुगेपछि जापानी अधिकारीहरूले डलर बेचेर येन किनेका थिए ।