२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विडारीले सर्वाेच्चको इजलाशमै प्रधानमन्त्रीलाई हुतिहारा भनेपछि……



अ+ अ-

काठमाडौ । नेकपाका सांसद रामनारायण विडारीले इजलासमै प्रधानमन्त्री केपी ओलीलाई हुतिहारा भनेका छन् । प्रधानमन्त्रीले संसदको सामना गरेर सरकारको बचाउ गर्न नसकेको र यसको रिसमा संसद नै विघटन गरेर हुतिहारा काम गरेको भनेका थिए । वरिष्ठ अधिवक्ता समेत रहेका राष्टिय सभामा नेकपाका सांसद विडारीले सरकार बचाउन नसकेर प्रधानमन्त्रीले संसदलाई अचानो बनाएको भन्दै उनी हुतिहारा रहेको बताए । 

सर्वोच्चमा प्रधानन्यायाधीशको संवैधानिक इजलाशमै उनले प्रधानमन्त्रीमाथि यो आक्षेप लगाएका थिए । उनले सो शब्द प्रयोग गरेपछि उनलाई प्रधानन्यायाधीशले यस्ता शब्द प्रयोग नगर्नु भन्दै सचेत गराएका थिए । तर विडारीले भने प्रधानमन्त्रीले पार्टी र सरकार चलाउन नसकेकाले आफूले उक्त शब्द प्रयोग गरेको टिप्पणी गरे ।

सरकार र पार्टी दुवै चलाउन नसकेको भन्दै विडारीले थप भने, यति हिम्मत नभएको हुतिहारा प्रधानमन्त्री । पार्टी चलाउन पनि असफल, सरकार चलाउन पनि असफल, संसद बोलाएर देखाउन सक्नुपर्‍यो नि ।