• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित ★   कानुनअनुसार हुने हरेक अनुसन्धानमा सहयोग गर्न तयार छु – कान्तिपुर अध्यक्ष सिरोहिया ★   राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता ★   आईपीएल प्लेअफमा वर्षाले खेल रोकिएमा के हुन्छ ? ★   नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी ★   सहकारीको रकम अपचलनबिरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली ★   ‘सिप मेला’ मा अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क ★   लुक्सका कारण रिजेक्ट भएका मोहनलाल जसले एक वर्षमा २५ हिट फिल्म दिए ★   स्थानीय उत्पादन बेच्न छ घण्टा पैदलयात्रा ★   ४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प

काँग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको छ: अध्यक्ष ओली



काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको आरोप लगाउनुभएको छ ।

आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुनु स्वभाविक भएको बताउनुभएको हो । उहाँले हिउँदे अधिवेशन र बजेट अधिवेशनका बीचमा कम्तिमा १५ दिनको ग्याप राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरुप हिउँदे अविधेशनको अन्त्य गर्नुपरेको बताउनु भयो ।

उहाँले हिउँदे अधिवेशन अन्त्यको सन्दर्भमा नेपाली काँग्रेसले आक्रोश र पीडाले मनलाग्दी ‘जे पायो त्यही’ बोलिरहेको बताउनु भयो । उहाँले संसद पुराना अनुभवहरु लिएर चल्नुपर्ने भन्दै संसदीय प्रणालीलाई रक्षा गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाली काँग्रेस ढिपी र जिद्दीमा जाने गरेको भन्दै यस्तो तरिकालाई काँग्रेसले सच्याउनुपर्ने बताउनु भयो । नेपाली काँग्रेसले संयमित ढंगले विधि अन्तर्गत समाधान खोज्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अहिले अधिवेशन अन्त्य गरेन भने बजेट अधिवेशन, नीति, कार्यक्रम, प्रि बजेट डिस्कसन आदिको कुराहरु, बजेटको तयारी, प्रश्तुति, विभिन्न विधेयकहरुको तयारी छलफल अनि यो अल्झिएर मात्रै बस्नेकुरा त भएन । अहिले ठिकै हो । यतिबेला बन्द हुनै पथ्र्यो हिउँदे अधिवेशन र अब बजेट अधिवेशन शुरु हुनैपर्छ । १५ दिनको ग्याप राख्नैपर्छ कमसेकम । गर्दा वैशाखको १८, २० यसै जाने भयो । जेठ १५ गते त फेरि कुनै अलमल बिना बजेट प्रश्तुत गर्नुपर्छ । त्यो भन्दा अगाडी नीति, कार्यक्रम पास गर्नुपर्छ । त्यसो भएको हुनाले काँग्रेसले आक्रोश, पीडाले जे पायो त्यही बोलिराखेको छ क्या । यस्तो गर्नुहुँदैन । संसदीय प्रणालीलाई हामीले रक्षा गर्नुपर्छ । त्यसको नम्स्, भ्यालुज कसरी अगाडी बढ्ने भन्नेकुरा । सीमा हुन्छ मर्यादाको कसरी चल्ने, चलाउने भन्ने कुरा । हाम्रा पुराना यति अनुभव लिएर चल्नु परेन ? उहाँहरु तर्कमा आउनुहुन्न । ढिपी, जिद्दीमा जानुहुन्छ । त्यो तरिका उहाँहरुले सच्याउनुपर्छ मैले देखेको । यसमा आवेश, उत्तेजनाको काम छैन । जनतालाई त्यति साह्रो परेको छैन । जति काँग्रेसलाई परेको छ । काँग्रेसको साह्रो गाह्रोले गर्दा यस्तो भइराखेको हो । संयमित ढंगले विधि अन्तर्गत समाधान खोज्नुपर्छ ।’

अध्यक्ष ओलीले प्रतिनिधि सभाबाट विधेयक पारित गर्न अघिल्लो सरकारले ध्यानै नदिएको बताउनु भयो । उहाँले वर्तमान सरकार भर्खर आएकाले धेरै विधेयकहरु परित गर्न नसकेको बताउनु भयो ।