• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरको कार्यालयमा

राम चरणलाई वेल्स विश्वविद्यालयबाट डा उपाधि



एजेन्सी । साउथका सुपरस्टार राम चरणलाई वेल्स विश्वविद्यालय, चेन्नईले मानार्थ विद्यावारिधि प्रदान गरेको छ । शनिबार सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै अभिनेताले यो जानकारी दिएका हुन् ।

सो दीक्षान्त समारोहमा रामचरण प्रमुख अतिथि थिए । फिल्म उद्योगमा दिएको योगदानका लागि वेल्स विश्वविद्यालयले रामलाई यो सम्मान दिएको हो ।

कार्यक्रमको तस्बिर सेयर गर्दै रामचरणले लेखेका छन्, ‘वेल्स विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधि प्राप्त गर्न पाउँदा म निकै खुसी छु । म चेन्नईका जनता र मेरो यात्रामा सहभागी हुने सबैलाई धन्यवाद दिन्छु । धेरै सपना र उपलब्धिहरू पूरा हुन बाँकी छ ।

कार्यक्रममा रामचरणसँगै उनकी पत्नी उपासना कामिनेनी पनि थिइन् । कार्यक्रमका धेरै तस्बिर र भिडियोहरू सेयर गर्दै उपासनाले रामचरणलाई ‘डाक्टर’ भनेकी थिइन् ।

कार्यक्रममा जानुअघि उपासनाले एउटा भिडियो पनि सेयर गरेकी छिन् जसमा उनले आफू यस पलका लागि कति उत्साहित भएको बताएकी छिन् ।

कामको कुरा गर्दा रामचरणको अर्को फिल्म ‘गेम चेन्जर’ हो । १७० करोडको बजेटमा बन्न लागेको यो फिल्मलाई शंकरले निर्देशन गर्नेछन् । फिल्ममा रामचरण बाहेक कियारा आडवाणी, अञ्जली, एसजे सूर्य, जयराम लगायतका कलाकारहरु देखिनेछन् ।