७ आश्विन २०८१, सोमबार
,
Latest
नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले नेता तथा साहित्यकार प्रदिप नेपाल कार्यक्रमस्थलमै ढले, मध्यपुर अस्पतालमा उपचार हुँदै



अ+ अ-

भक्तपुर । एमाले नेता तथा साहित्यकार प्रदिप नेपाल भक्तपुरमा शुक्रबार आयोजना गरिएको एक साहित्यीक कार्यक्रम सकिने वित्तिकै कार्यक्रमस्थलमै ढलेका छन् ।

‘तीन सर्जकका तीन कृति’ सार्वजनिक गर्न सुर्यविनायकको थापा पार्टी प्यालेसमा आयोजना गरिएको सो कार्यक्रममा कार्यक्रमको सभापति समेत रहेका नेता नेपाल ढलेका थिए । वेहोस अवस्थामा रहेका उनलाई नजिकै राखिएको नीजि गाडीमा राखेर तत्काल उपचारको लागि मध्यपुर अस्पताल लगिएको थियो ।

उनको स्वास्थ्य अवस्थामा केही सुधार आएको छ । उनी अहिले होसमा आएको बताइएको छ ।
पार्किन्सनलगायत विभिन्न रोगको उपचार गराईराखेका साहित्यकार नेपाललाई कार्यक्रमस्थलमै अलि असहज महसुस भएको साहित्यकार जितेन्द्र रसिकले बताए ।

शुक्रबारको सो कार्यक्रममा जितेन्द्र रसिकको ‘युगको तेज’, गंगाप्रसाद उप्रेतीको ‘ताल र सुरका झंकार’ तथा तेजेश्वर बाबु ग्वंग:को ‘संस्कृतिका आयाम’ गरि तीनवटा कृति विमोचन गरिएको थियो ।

तस्वीर : हरिशरण लामिछानेको फेसबुक पेजबाट