१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । शुक्रबार लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री महरालाई ४८ प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् ।

मुख्यमन्त्री महराले एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसद १ गरी ४८ जना सांसदको मत पाएका छन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता महरा ४८ जनाको समर्थनमा चैत २३ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।