२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाको राष्ट्रियसभाको निर्वाचनमा विपक्षी दल विजयी



अ+ अ-

सियोल । दक्षिण कोरियाको प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डीपी) ले राष्ट्रियसभा चुनावमा बहुमत प्राप्त गरेको छ ।

डीपीले सत्तारुढ पिपुल पावर पार्टी (पिपिपी) लाई पछि पार्दै विजय हासिल गरेको हो । यस चुनावी नतिजाले पिपिपीका तर्फबाट राष्ट्रपति हुनुभएका युन सुक योललाई पनि समस्यामा पारेको छ ।

निर्वाचनमा प्रत्यक्ष तर्फका दुई सय ५४ सिटमध्ये डिपीले एक सय ६१ सिटमा जित हासिल गरेको छ भने भने सत्तारुढ पिपिपीले ९० सिट मात्र जित्न सफल भएको छ । समानुपातिक समेतका सिटहरू समावेस गर्दा विपक्षी डिपीले राष्ट्रियसभामा एक सय ७५ सिट जितेको छ । यसैगरि पिपिपी लगायतका गठबन्धन पार्टीले एक सय आठ सिट प्राप्त गरेको छ ।

योन्हाप समाचार एजेन्सीका अनुसार भ्रष्टाचार आरोपमा मुछिएका पूर्व न्यायमन्त्री चो कुक नेतृत्वको रिबिल्डिङ कोरिया पार्टीले १२ समानुपातिक सिट र पिपिपीका पूर्व नेता ली जुन–सिओकको नेतृत्वमा रहेको न्यू रिफर्म पार्टीले दुई स्थान जित्न सफल भएको छ ।

चार वर्षअघि भएको चुनावमा सहयोगी दल समेतको सहयोगमा डीपीले एकसय ८० सिट जितेको थियो भने पिपिपीले एकसय तीन सिट जितेको थियो ।

चुनावका लागि योग्य चार करोड ८२ लाख कुल मतदातामध्ये ६७ प्रतिशतले मतदान गरेको स्रोतले जनाएको छ । दक्षिण कोरियाली निर्वाचन आयोगका अनुसार विगत ३२ वर्षयताकै यो सबैभन्दा बढी मतदान हो ।

चुनावी नतिजा पछि पिपिपीका नेता हान डोङ–हूनले जनताको इच्छालाई गम्भीरतापूर्वक स्वीकार गर्दै पदबाट राजीनामा दिनु भएको छ