• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार ★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ?

छात्राबास जीर्ण हुँदा विद्यार्थी जोखिममा



तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१८ स्थित नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापीठको छात्राबासको भवन जीर्ण भएको छ ।

पुराना भवनबम साथै भवनभित्र रहेका सुत्ने खाट पनि पुराना हुँदा विद्यार्थी जोखिम मोलेर बस्नुपर्ने अवस्था रहेको विद्यार्थी उद्यम पोख्रेलले बताउनुभयो । “हावाहुरी लाग्दा भित्रै धुलो पस्ने अवस्था छ । यहाँ बस्ने विद्यार्थी पनि डराइडराई बस्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “भवन पुरानो छ, भत्किन्छ कि भन्ने डरले बस्नुपर्छ ।”

भवनको वरिपरि घाँस उम्रिएका छन् । भित्तामा पानी चुहिएको जस्तो देखिन्छ । विसं २०४९ मा उक्त छात्राबासको भवन निर्माण भएको थियो । तीस वर्ष पुगिसकेको उक्त भवनका हरेक संरचना कमजोर बन्दै गएका छन् ।

आफूहरू बस्दा भवन राम्रै भए पनि अहिले आएर निकै जीर्ण भएको पूर्वविद्यार्थी भीमलाल मरासिनीले बताउनुभयो । “म सात वर्ष यही भवनमा बसेँ । विसं २०५५ देखि २०६२ सालसम्म छात्राबासमै बसेर उत्तर मध्यमादेखि आचार्यसम्म अध्ययन गरेँ”, उहाँले भन्नुभयो, “यो बीचमा भवन पनि राम्रै थियो । अहिले आएर हेर्दा भत्किएलान् भन्ने डर, वरिपरि उम्रिएका घाँसले सर्पको डर, धेरै समस्या रहेछ ।”

छात्राबासमा अहिले आठजना विद्यार्थी बसिरहेका छन् । उक्त छात्राबास जीर्ण भएपछि नयाँ भवन निर्माणको प्रक्रिया अघि बढाइएको विद्यापीठका प्राचार्य योगराज शर्माले बताउनुभयो । भारतीय दूतावासमा विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० तयार गरेर पठाइएको भन्दै आगामी आर्थिक वर्षमा बजेट आउने आश्वासन पाएको उहाँको भनाइ छ ।

विद्यार्थीहरू जीर्ण भवनमा रात कटाउन बाध्य हुँदा शिक्षकहरूको भने नयाँ भवन निर्माण भइसकेको छ । करिब रू एक करोडको लागतमा दुई वर्षअघि निर्माण भएको विजौरीस्थित भवनमा बाहिरबाट आएका शिक्षक बस्ने गरेका छन् ।

“सहसचिव, उपसचिवस्तरका शिक्षक बाहिरबाट आउनुभएको छ । उहाँहरूलाई गाउँमा कोठा खोज्न पनि समस्या, भनेको बेला नपाइने अवस्था थियो”, प्राचार्य शर्माले भन्नुभयो, “त्यसैले शिक्षकका लागि प्राथमिकता दिएर भवन बनाइएको हो ।” विगत केही समय छात्राबासमा बस्ने विद्यार्थी पनि नभएकाले केही समय छात्राबास खाली थियो । रासस