९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको तीनकुनेदेखि जडीबुटीसम्म सुरुङमार्ग निर्माण गरिने



अ+ अ-

काठमाडौँ । राजधानीको तीनकुनेदेखि जडीबुटीसम्म सुरुङमार्ग निर्माण गर्न अध्ययन थालिएको छ । सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले राजधानीको सडक व्यवस्थापनको ठूलो समस्याका रूपमा रहेको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रको ट्राफिक जाम हटाउन सो क्षेत्रमा सुरुङमार्ग निर्माण गर्ने निष्कर्षमा पुगी अध्ययन सुरु भएको जानकारी दिए । उनले भने, “सुरुङमार्ग बनाउने निष्कर्षमा पुगिए पनि सुरुङमार्ग चार वा छ लेन, कति लेनको बनाउनेबारे टुङ्गोमा पुग्न बाँकी छ ।”

तीनकुनेदेखि जडीबुटीसम्म बन्ने करिब आठ सय मिटर लामो सुरुङमार्ग निर्माण गर्न अहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले आफ्नै खर्चमा सम्भाव्यता अध्ययन गरिरहेको महाशाखा प्रमुख थापाले बताए । तीनकुने–जडीबुटी सडकको समानान्तर हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जमिनमुनि सुरुङमार्ग निर्माण गर्न अध्ययन अगाडि बढाइएको हो । सुरुङमार्ग निर्माणमा नेपाल नागरिक उड्डयन प्राधिकरण सकारात्मक रहेको उनको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सडक विभागसँग सहकार्य गरेर सडक निर्माण गरिने बताए । भौतिक रूपमा पनि सम्भव रहेको बताउँदै उनले विमानस्थलको धावन मार्गबाट नभई सडकको छेउबाट सडक बन्ने हुँदा समस्या नभएको स्पष्ट गरे । गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।