• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

भारतको नैनीतालमा सवारी दुर्घटना, सात नेपालीको मृत्यु



काठमाडौं । भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ । नैनीताल क्षेत्रको बेतालघाट खोँचमा गाडी खस्दा सात नेपालीको मृत्यु भएको हो ।

भारतीय मिडिया वान इण्डियाका अनुसार सोमबार राती साढे १० बजे भएको दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । जसमा सात नेपाली रहेका छन् भने एक भारतीय रहेका छन् ।

भारतीय चालक राजेन्द्र कुमारले चलाएको सवारी २०० मिटर गहिरो खोँचमा खसेको वान इण्डियाले लेखेको छ । मृत्यु भएका नेपालीहरू ५० वर्षका बिसराम, ४५ वर्षका धिरज, ४० वर्षका अनन्तराम चौधरी, ३८ वर्षका विनोद चौधरी, ५५ वर्षका उदयराम चौधरी, ४५ वर्षका तिलकराज चौधरी, ६० वर्षका गोपाल छन् ।

दुर्घटनामा दुई जना नेपाली शान्ति चौधरी र छोटु चौधरी घाइते भएका छन् । उनीहरु भारतको जल जीवन परियोजनामा काम गर्ने मजदुरहरू भएको बताइएको छ ।