२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

असहाय र विपन्नका लागि हाडजोर्नी सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । काठमाडौँको जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ अर्थोपेडिक अस्पतालमा गरिब र असहाय व्यक्तिहरुका लागि खुट्टाको हड्डीको उपचारसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

हिलिङ द चिल्ड्रेन अमेरिकाका विशेषज्ञ चिकित्सकहरु अलिरेजा खोसरोबादीर र जोहन हर्जेनबर्गसहित सो अस्पतालका विशेषज्ञ चिकित्सकको टोलीले उपचार दिनेगरी आजदेखि आगामी शुक्रबारसम्मका लागि सो शिविरको आयोजना गरिएको उक्त अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका मेडिकल निर्देशक डा कैलाश भण्डारीले यस नि:शुल्क स्वास्थ्य शिविरबाट आर्थिक अभाव भएका गरिब तथा विपन्न व्यक्तिहरुले लाभ लिन सक्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार सो स्वास्थ्य शिविरमा सामान्य स्वास्थ्य परीक्षणदेखि जटिलखालका शल्यक्रियाहरु पनि गरिने भएको छ । यसप्रकारको जटिल शल्यक्रियामा विशेषज्ञ चिकित्सकहरु सहभागी हुनेछन् ।

यस शिविरबाट खुट्टाको हड्डी बाङ्गो भएका, हाड तथा जोर्नीसम्बन्धी जन्मजात विविध समस्या भएका, पछि समस्या उत्पन्न भएका तर समयमै उपचार पाउन नसकेका तथा शल्यक्रिया गर्नुपर्ने भए पनि विशेषज्ञ चिकित्सकको परामर्श पाउन नसकेकाहरुले लाभ लिन सक्ने डा भण्डारीले जानकारी दिनुभयो ।

अनाथ, असहाय, निम्न वर्गीय तथा अपाङ्गता भएका नागरिकको स्वास्थ्य सेवामा समर्पित रहनेगरी गैरनाफामूलक संस्थाका रुपमा सन् १९९८ मा स्थापना भएको यस अस्पतालले हाडजोर्नीका बिरामीका लागि सेवा प्रदान गर्दै आएको छ । रासस