• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   मधेसमा खानेपानीको समस्या तत्काल समाधान गर्न दातृ निकायसँग छलफल भइरहेको छ: अर्थमन्त्री पुन ★   नयाँ पर्यटन गन्तव्यका रूपमा विकास हुँदै नुवाकोटको ‘सूर्यचौर’ ★   पृथ्वीमा जब १०–२० लाख वर्षसम्म लगातार पानी परिरह्यो ★   ललितपुरबाट सुन गाल्ने मेसिन र ५० लाखसहित पाँच जना पक्राउ ★   प्रचण्ड सरकारमाथि समर्थन फिर्ताको एमालेले पठाएको पत्र संसद सचिवालयमा दर्ता ★   कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण, सवारी सञ्चालनमा रोक ★   प्रादेशिक अस्पतालमा मेडिकल कलेज सञ्चालन गर्न उपयुक्त हुन्छ: शिक्षामन्त्री श्रेष्ठ ★   प्रधानमन्त्रीले सोमबार वा मंगलबार विश्वासको मत लिने ! ★   बेलायतको चुनावमा लेबर पार्टीको फराकिलो जीत, स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने ★   प्रधानमन्त्री मोदीले रोहितलाई सोधे – माटोको स्वाद कस्तो थियो ?

दीपक मनाङे पाँचौ पटक मन्त्री बन्दै



फाईल फोटो

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज दिउँसो साढे तीन बजे शपथ लिने कार्यक्रम रहेको छ ।

नेता अधिकारीले एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आठ (सभामुखसहित) र एक स्वतन्त्र गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यन्त्रीमा नियुक्त भएका हुन् ।

अधिकारीले शपथसँगै ३ सदस्यीय मन्त्रिपरिषद गठनको तयारी समेत गरेका छन् । उनले माओवादीबाट १ जना र दीपक मनाङेलाई मन्त्री बनाउने तयारी गरेका छन् ।

मनाङेले चैत महिनामा मात्र दोस्रो पटक मन्त्रीको शपथ खाँदैछन् । मनाङे यही चैत ५ गते निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सरकारमा भौतिक पूर्वाधार मन्त्री बनाएका थिए । आज मनाङे पाँचौँ पटक मन्त्री बन्न लागेका हुन् ।