२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

घरघरमै खानेपानीको धारा आएपछि स्थानीय हर्षित

घरघरमै खानेपानीको धारा आएपछि स्थानीय हर्षित
अ अ+ अ-

डोटी । डोटीको केआईसिंह गाउँपालिका–३ देउकडामा एक करोड १६ लाखको लागतमा खानेपानी निर्माण गरिएको छ । आरभी डब्लु आरएम्पी, केआईसिंह गाउँपालिका, नेपाल सरकारको लगानीमा उक्त खानेपानी आयोजना निर्माण गरिएको हो । आयोजनाबाट सो वडाका कुल ७ सय २५ घरधुरी लाभान्वित भएका छन् । वडाध्यक्ष रतनबहादुर कुँवरका अनुसार खानेपानीका लागि दुइवटा ९ हजार तथा १२ हजार लिटरका ट्याङ्की निर्माण गरिएका छन् । नागरिकलाई घरैमा खानेपानीको सुविधा दिने विगतको बचनअनुसार आफूहरुले खानेपानीको व्यवस्था मिलाएको वडाध्यक्ष कुँवरले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘चुनावका बेलामा हामीले खानेपानीको व्यवस्था मिलाउँछौं भनेका थियौं, पानी नहुँदा नागरिकलाई समस्या थियो, अहिले नागरिकका माग पूरा गरेका छौं ।’ उक्त खानेपानी निर्माणका लागि स्थानीय उपभोक्ताहरुको २५ प्रतिशत श्रमदान रहेको आरभी डब्लु आरएम्पीका गाउँपालिका संयोजक गोविन्द कठायतले बताउनुभयो । उहाँले भन्नुभयो– ‘वडाभरिमा पानीको समस्या थियो, हाम्रो संस्था र गाउँपालिकाको लगानीमा खानेपानी निर्माण भएको छ, पानीका दुखः हट्ने भयो ।’ उक्त वडाका पाँचवटा टोलमा २ सय ६३ वटा खानीपानीका धारा निर्माण गरिएको छ ।

केआईसिंह गाउँपालिका–३ देउकाँडामा पहिलोचोटि खानेपानी पुग्दा स्थानीयबासी हर्षित भएका छन् । वर्षौंदेखि खानेपानीको चरम अभाव भोगिरहेका सात सय २५ घरधुरीका बासिन्दा घरआँगनमै खानेपानी पुगेपछि हर्षित भएका हुन् । ‘पानी नहुँदा तरकारीसमेत किनेर खानुपर्ने समस्या हटेको छ’, गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले भन्नुभयो– ‘देउकाँडा तरकारीको राम्रो पकेट क्षेत्र हो, पानी नहुँदा तरकारी उत्पादन गर्न समस्या थियो, अब पानीको समस्या समाधान भएको छ, किसानले तरकारी उत्पान गर्न शुरु गरेका छन्, यो राम्रो पक्ष हो ।’ खानेपानीको चरम अभाव झेल्दै आएकोमा धारा जडान गरेर उपभोग गर्न पाएपछि निकै खुसी लागेको स्थानीय धर्मबहादुर लुहारले प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो– ‘खानेपानी नहुँदा निकै समस्या थियो, अहिले पानी आयो निकै खुसी छौं ।’

स्थानीय लुहारजस्तै अर्की स्थानीय तीर्था बम पनि घरआँगनमै खानेपानी आएपछि निकै खुसी हुनुहुन्छ । बम खुसी व्यक्त गर्दै भन्नुहुन्छ– ‘वस्तुभाउलाई खुवाउन, सरसफाइ गर्न र आफूहरुले उपभोग गर्न जहिले पनि घण्टौ हिँडेर पानीको जोहो गर्नुपथ्र्यो, अहिले घरैमा पानीका धारा बनेका छन्, पानीका लागि कामको बोझ महिलाले बढी खेप्नुपथ्र्योे, अहिले घरैमा पानी आयो, हाम्रा दुःख गए खुसी भएका छौं ।’ केआईसिंहका प्रायः सबै वडामा खानेपानीको समस्या हुँदै आएको छ । देउकाँडा बस्तीमा भने खोला र कुवामा पनि खानेपानी सुक्दै गएपछि झन् समस्या हुँदै आएको थियो । गाउँको पँधेरामा पानी सुक्दै गएपछि राम्रोसँग कपडा धुन र भान्सामा प्रयोग गर्नसमेत समस्या हुँदै आएको थियो भन्दै अर्की स्थानीय जगत्रा कामीले दुखेसो पोख्नुभयो ।

खानेपानीको पहुँच भएपछि गाउँ नै परिवर्तन भएको स्थानीयबासीले महसुस गर्न थालेका छन् । घरैमा खानेपानी ल्याइदिएपछि खानेपानीको जोहो गर्नुपर्ने समस्या हटेको गाउँपालिका उपाध्यक्ष मीना विष्टले बताउनुभयो । उहाँले भन्नुभयो– ‘घरैमा खानेपानी आएपछि स्थानीयबासीको जीवनशैलीमा समेत परिवर्तन आउन थालेको छ ।’ पानीकै अभावमा हिउँदमा उजाड देखिने देउकाँडाका करेसाबारीहरुमा आजकल किसानले हरियो सागपातलगायत मौसमअनुसारको तरकारी उब्जाउ गर्न थालेका छन् । किसानहरुले खाएर, लुगा धुएर र सरसफाइ गरेर बचेको पानी करेसाबारीमा लगाउने गरेको स्थानीयबासी चक्रबहादुर ऐरले जानकारी दिनुभयो ।

खानेपानी अभावका कारण अधिकांश स्थानीयबासी स्थायी ठाउँबाट केही महिनाका लागि अर्को बस्तीमा सर्नुपर्ने बाध्यता रहेको थियो । पानी भएको ठाउँमा हिउँदमा केही महिना बसेपछि स्थानीयबासी वर्षाको बेला आफ्नै गाउँ फर्किने गरेका थिए । नेपाल समाचारपत्र दैनिक