२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

भान्छामा घुसेको भोजनको “राजनीति”

भान्छामा घुसेको भोजनको “राजनीति”
अ अ+ अ-

अहिले बजारले हाम्रो स्वास्थ्य र पोषणमाथि कब्जा जमाएको छ । हाम्रो परम्परागत ज्ञान अहिले ओझेल परेको छ । त्यसबारे प्राय: कमै चर्चा हुुन्छ ।

घरका लिटो, दाल, आलुु, साग, फलफूल, अमला, काफल, अम्बा आदि बालबालिकालाई कुुपोषणबाट बचाउन उपयुुक्त हुने कुुरा प्राय: गरिँदैन । बट्टाको खाना एकदम महँगो हुने मात्रै होइन, कम पौस्टिक हुुन्छ । स्वाद र टिकाउका लागि चिल्लो, चिनी र रसायन पनि मिसाइन्छन्

फागुन ०७५ मा विश्व स्वास्थ्य संगठनले काठमाडौँका १२ देखि २३ महिनासम्मका बालबालिकामा पोषण जाँच गरेको थियो । उक्त जाँचमा ७ सय ४५ घरधुरीका बालबालिका समावेश थिए । पोषण जाँचमा बालबालिकाको स्वास्थ्यमा प्रोटिन, भिटामिन, आइरन, जिन्कलगायत विभिन्न पोषण तत्त्वको अभाव देखियो । यसको मुख्य कारकतत्त्व बजारमा पाइने प्याकेटका खानेकुरा (जंक फुड) थिए, जसमा बिस्कुट, क्यान्डी र चकलेट, नुनिला र मसलेदार प्याकेट खाना र तयारी चाउचाउको मुख्य हिस्सा थियो ।

सर्वेक्षणमा धेरै खपत हुने स्न्याक्स फुडमा अधिक मात्रामा शक्तिवद्र्धक (चिनी धेरै भएको) र नुन धेरै भएको सोडियम तत्त्व हालिएका थिए । यसले शरीरलाई पोषण दिनेभन्दा स्वास्थ्यमा ह्रास ल्याउने काम गर्ने पोषणविद्हरू बताउँछन् । काठमाडौँमा गरिएको सर्वेक्षणमा दुई वर्षका बालबालिकाले पनि धेरै मात्रामा जंक फुड खाएका थिए ।

बालबालिकामा पुड्को, ख्याउटे र कम तौलको समस्या देखिनुमा जंक फुड प्रमुख कारक भएको पोषणविद्हरू बताउँछन् । सामान्यत: अमेरिकाका १० देखि १५ वर्षसम्मका बालबालिकाले खाने जंक फुड नेपालका २ वर्षभन्दा कम उमेरका बालबालिकाले खाने गरेको पाइयो । यसरी बालबालिकालाई बजारमा पाइने प्याकेटको खानेकुरा खुवाउँदा तिनको स्वास्थ्यमा आवश्यक पोषण तत्त्वको कमी देखिएको छ ।

स्वास्थ्य संस्था हेलन केलर इन्टरनेसनलले पनि पत्रु खानेकुराका कारण काठमाडौँ उपत्यकाका बालबालिकामा पुड्कोपना हुने खतरा औँल्याएको छ ।

कुन खाना जंक भन्ने प्रयुक्त सामग्रीबाट थाहा हुन्छ । चिल्लो, नुन र चिनीको मात्रा कुनै पनि खानामा चाहिनेभन्दा अधिक भए र त्यसमा फाइबर, प्रोटिन, भिटामिन, मिनरलको मात्रा कम छ भने त्यो जंक फुड हुन्छ । उचाउ फाइबररहित मैदाबाट बन्छ, जसमा प्रोटिन एकदमै कम हुन्छ । भिटामिन र मिनरल अत्यन्त कम हुन्छ किनकि फलफूल, सागपात केही हालिँदैन ।

एक छलफलमा विदेशीे विज्ञले भने, ‘हामी चाउचाउमा सूक्ष्म पोषक तत्त्व मिसाएर बजारमा ल्याएर समुदायमा कुुपोषण कम गर्नेबारे विचार गर्दै छौँ ।’ मैले भनेँ, ‘यो कुरासँग असहमत छु । कुुनै पनि पत्रु खानामा भिटामिन हालेर त्यसलाई कसरी पौस्टिक बनाउन सकिन्छ ?’ केही दिनपछि ती विज्ञले भने ‘हामीले चाउचाउमा भिटामिन हालेर बनाउने विचार स्थगित गर्‍यौँ ।’

केही व्यक्तिले ‘अन्डा र लिटो खुवाएर बालबालिकालाई कुुपोषणबाट मुुक्त गराउन सकिन्छ’ भन्ने राम्रो विचार पनि दिन्छन् । ‘तर ६ महिनाका बच्चालाई दिनको एउटा अन्डा पनि दिनुु हुुँदैन । बच्चालाई पचाउन गाह्रो पर्छ ।’ आफ्नो भनाइ पुुष्टि गर्न वरिष्ठ बालरोग विशेषज्ञ डा रमेशकान्त अधिकारीलाई इमेल लेखेँ र उनले प्रतिउत्तर पठाए, ‘६ महिनाको बच्चालाई धेरै सानो टुुक्रा अन्डा दिन सकिन्छ । बिस्तारै मात्रा बढाउँदै लैजान सकिन्छ ।’ बालपोषणमा डा अधिकारीको गहन ज्ञान छ । उनले बालस्वास्थ्य र भोजन किताबमा कसरी घरेलुु खानाले बालबालिकालाई स्वस्थ गराउन सकिन्छ, लेखेका छन् । बालस्वास्थ्य ठीक पार्न उनीहरूलाई मसाज गर्ने, प्रेमपूूर्वक खुवाउने, खेलाउने, कुुरा गर्ने आदिले बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छन् भनेका छन् ।

बालस्वास्थ्य सुधार गर्नु राज्यको प्रमुुख दायित्व हो । राष्ट्रिय–अन्तर्राष्ट्रिय संघसंस्थाले केही मद्दत मात्र गर्न सक्छन् । अहिले नेपालमा बजारमा बेचिने बट्टाका खानेकुुराले बालबालिकाको कुपोषण हटाउन सक्ने दाबी गरिन्छ । तर पोषणविद् र जनस्वास्थ्य विज्ञ भन्छन्, ‘यसरी प्याकेटका बजारु खानेकुुरालाई राज्य स्तरबाट प्रश्रय दिनुुको अर्थ हो, हामीले आफ्नो परम्परागत ज्ञान बिर्सनुु, बजारको फन्दामा परेर महँगो, कम पौस्टिक वा पत्रु खाना किन्ने गर्नुु ।’

खानामा सूक्ष्म पोषण तत्त्व नभए बिरामी परिन्छ भन्ने धेरैलाई थाहा छ । तर ती सूूक्ष्म पोषण तत्त्व हाम्रो खानामै हुुन्छ भन्ने धेरैलाई थाहा नहुुन सक्छ ।

फलामको भाँडामा पकाएको मासको दाल, भात र गोलभेँडाका अचारसँग खाँदा शरीरमा प्रोटिन पुुग्छ र त्यसमा रहेको भिटामिन सीले दालमा रहेको लौह तत्त्व शोषण गर्न मद्दत गर्छ । दही र मोही खाँदा त्यसमा भएको असल किटाणुले पेटको गडबडी रोक्छ । कर्कलो खाँदा अमिलो मिसाउनैपर्छ । त्यसले गर्दा कर्कलोमा रहेको लौह तत्त्व पोषण बन्छ ।

हजारौँ वर्षदेखि पुर्खाले भोजन–ज्ञान हामीलाई दिएका छन् । तर त्यो ज्ञानलाई वास्ता गर्दैनौँ किनभने ‘बजारको खाना’ ले हाम्रो भान्छा ढाकेको छ ।