८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

प्राकृतिक स्रोतसाधनको सही उपयोग गर्नसके देशको विकास हुन्छ: नागिना यादव

प्राकृतिक स्रोतसाधनको सही उपयोग गर्नसके देशको विकास हुन्छ: नागिना यादव
अ+ अ-

काठमाडौँ । संसदीय प्रणालीबारे विमर्श गर्दा विश्वमा रुपान्तरणकारी, सहभागितामूलक, प्रत्यक्षलगायत प्रणाली अभ्यासमा रहेका पाइन्छ । लोकतान्त्रिक रुपमा विवेचना गर्ने हो भने खासमा हुनुपर्ने चाहिँ रुपान्तरणकारी, सहभागितामूलक संसदीय प्रणाली हो । यद्यपि हाम्रो देशमा देखावटी (डमी) संसदीय प्रणाली हाबी भइरहेको छ । सरकारको बजेट र नीति तथा कार्यक्रम तयारी र पारितमा त्यहीक्रम चलेको छ । विभिन्न विधेयक तर्जुमामा पनि सरकार नै हाबी भएको छ । यो लोकतन्त्रको उच्चतम् अभ्यासभित्र पर्दैन । हामीले जनताका प्रतिनिधिलाई मर्यादासहित स्वायत्तता दिन सक्नुपर्छ । त्यसले हाम्रो संसदीय प्रणालीलाई बलियो बनाउँछ ।

कानुन निर्माणप्रतिको मुख्य दायित्व सांसदहरुको हो । हामीले इमान्दाररुपमा भन्नुपर्दा त्यसलाई सहीरुपमा पूरा गर्न सकेका छैनौँ । हाम्रो पार्टी नेपाली काँग्रेस बहुदल र लोकतन्त्रमा विश्वास गर्ने एक पुरानो पार्टी भएकाले हामीले केही हदसम्म स्वतन्त्रता उपभोग गरेका छौँ । तर कानुन निर्माणका समयमा हामी पनि पार्टीगत आधारमा चलेका हुन्छौँ । महत्वपूर्ण सवालमा हामीले मन परे पनि नपरे पनि पार्टीले दिएको निर्देशन मान्नुपर्ने हुन्छ । त्यही भएर कतिपय अवस्थामा हामी सांसदहरु आलोचित हुन्छौँ । कुनै राम्रो कानुन बनेन वा पार्टीले जनताका भावना नबुझी निर्देशन दिएमा त्यो विवादको विषय बन्न सक्छ । विवादै भए पनि पार्टीको ह्वीप जारी भइसकेपछि हामीले आफूलाई ठीक नलागे पनि त्यसमा सहमति दिनुपर्ने हुन्छ । यस प्रकारको कार्यशैलीमा परिवर्तन ल्याउन हामीले प्रयत्न गर्नुपर्छ ।

वास्तवमा सांसदहरुमा आपसमा हार्दिकता हुनुपर्छ । देश निर्माणका सन्दर्भमा सहयात्री दलहरुबीच मिलाप र सहकार्य हुनुपर्छ । मुख्यतः ठूला र एवं पुराना पार्टीहरु नेपाली काँग्रेस र नेकपा ९एमाले०ले आपसी दोषारोपण नगरेर देश र जनताका लागि समस्या समाधनमा निकासको बाटो दिन सक्नुपर्छ । त्यसो हुनसके केही विकास, प्रगति र स्थिरतामा केही सकारात्मक योगदान हुन्छ । यहाँ त लोकप्रियता हासिल गर्ने ‘स्टन्टबाजी’ मात्रै देखिन्छ । खाली आरोप–प्रत्यारोप भएको छ । ठूलाठूला कुरा र लामालामा भाषण भएको छ, अनि समयको बर्बादी पनि भएको छ । भोट ब्याङ्क बढाउन स्टन्टबाजी गरिरहनु पर्दैन । जनताका बीचमा काम गरे पुग्छ । सरकार वा राजनीतिक दलले जनतालाई सेवा दिने, मुलुकमा कानुन र विधिको शासन दिनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । आफ्ना स्वार्थमा हामी सीमित भएका छौँ । यस प्रवृत्तिमा सुधार गर्नुपर्छ । हामी काँग्रेसभित्र अन्तरपार्टीमा सुधारका लागि अगाडि बढेका छौँ । पार्टीभित्र महामन्त्रीसम्मका फरक मत प्रस्तुत भएका देखिरहनुभएकै छ । यसका आधारमा हाम्रो पार्टीमा आन्तरिक लोकतन्त्र अलि बलियो छ । हाम्रो पार्टीमा संसद्मा बोल्ने विषयमा सामान्यतः ह्वीप लाग्दैन, हामी स्वतन्त्र भएका बोलेका हुन्छौँ, खाली महत्वपूर्ण विषय, विधेयक, विश्वासको मतदान आदि विषयमा मात्रै ह्वीप लागेको हुन्छ ।

मुलुकमा सुशासन कायम हुनुपर्छ । यस सवालमा म के भन्न चाहन्छु भने भ्रष्टाचार अन्त्यका लागि ठूलाठूला कुरा गरेर हुँदैन । कतिपय नेताहरुले त असल शासनको अर्थ नै नबुझेको जस्तो लाग्छ । सुशासन सुशासन भनेर स्टन्ट मात्रै गरेर हुँदैन । सरकारमै बस्ने र विवादित काम जारी राख्ने गर्नु हुँदैन । उच्च नैतिकता प्रदर्शन गर्न सक्नुपर्छ ।

मैले विश्वका विभिन्न मुलुकको भ्रमण पनि गरेकी छु । हाम्रो देशमा प्रचुर सम्भावना भएर पनि हामी पछाडि परेका छौँ । हामीकहाँ किन विकास भएन ? नेताहरुमा दूरदृष्टि नभएको हो कि ? वा काम गर्ने ढङ्ग नभएर हो ? किन शिक्षामा सुधार भएन ? कक्षा १ मा भर्ना हुने विद्यार्थी कक्षा १० मा पुग्दा साढे तीन लाखले किन कक्षा छाड्छन् ? यस्ता प्रश्नको ठोस जवाफ खोज्नुपर्छ । विकसित मुलुकमा राजनीतिमा यति धेरै चासो हुँदैन । हाम्रोमा प्रत्येक घरमा राजनीतिप्रति आकर्षण छ, यो हुनु राम्रो होइन, यस्तो देख्दा मलाई डर लाग्छ । सबैले राजनीति गरेर उत्पादनमूलक काममा को लाग्ने रु अनि कामै नगरी खान खोजेपछि त्यो अनियमिततातिर उन्मुख हुँदै जान्छ । हामी वास्तविकतालाई स्वीकार्नुपर्छ । विदेशीको नक्कल गरेर मात्रै पनि हुँदैन । शिक्षाजस्ता विषयमा असल परम्परा नक्कल गर्न सकिन्छ तर हामी त भ्रष्टाचारमा नक्कल गरिरहेका छौँ । जनताले यसबाट के सिक्ने ?

निर्वाचन प्रणालीमा सुधारको आवश्यकता औँल्याउने गरिएको छ । मौजुदा निर्वाचन कानुनमा पनि निर्वाचन खर्च निर्धारण गरिएको छ । वास्तविकरुपमा उम्मेदवारहरुको तोकिएभन्दा धेरै खर्च भएको छ । एक क्षेत्रमा निर्वाचन जित्न पाँचदेखि आठ करोड रुपैयाँ खर्च गरेका छन् उम्मेदवारहरुले । यसबारे गहिरो अध्ययन गर्न सक्नुपर्छ ।

नेपालीहरु इमान्दार, साहसी र कर्तव्यनिष्ठ हुन्छन् भनेर विश्वमा चिनिएका छन् । अहिले अस्थिरता, अनियमितता, विवाद आदिको परिचय थपिएको छ । राज्यको स्रोतसाधनको सही उपयोग गर्न नसकेका कारणले यस्तो अवस्था सिर्जना भएको हो । हाम्रो युवा जनशक्तिबाट जनसाङ्ख्यिक लाभ हामीले लिन सकिरहेका छैनौँ । त्यो लाभ विदेशीले लिइरहेका छन् । यो के कारणले यस्तो भयो भन्नेबारेमा अध्ययन गर्नुपर्ने छ । गरिबी हो कि रु पहुँचको अभाव हो कि रु या के भएको हो रु यो बुझ्नुपर्छ । नेताहरुले चाहेमा देश बन्छ । देश बन्न सबै प्रदेश बन्नुपर्छ । मलाई मधेस प्रदेशको खुब चिन्ता लाग्छ । यहाँ सुशासनको अभाव छ । संविधान प्रदत्त मौलिक हकको पालनामा कसैको ध्यान गएको छैन । मैले महोत्तरी र धनुषालगायत जिल्लामा धेरै दयनीय अवस्था देखेकी छु । हामी कहिले सुधारको बाटोमा अग्रसर हुने ? यो गम्भीर सवाल हो ।

म केवल सांसद हुँ । म कार्यकारी पदमा छैन । मैले जनताका आवाज संसद्मा उठाउने गरेकी छु । कानुनमा सम्बोधन गराउने भूमिकालाई पनि पालना गर्छु । कार्यकारी पदमा रहेका सबैले सक्रिय भएर देशको विकासका निम्ति आफूलाई केन्द्रित गर्नुपर्छ ।

सांसद यादवको परिचय

नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्य नागिना यादव समानुपातिक प्रणालीतर्फको सांसद हुनुहुन्छ । अर्थशास्त्र विषयको अध्येता सांसद यादवको पारिवारिक पृष्ठभूमि राजनीति नै भए पनि उहाँ उच्च शिक्षा पूरा गरेपछि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कामको अनुभव लिएर पछिल्लो समय सक्रिय राजनीतिमा आउनुभएको हो । (सांसद नागिना यादवसँग राससका समाचारदाता प्रकाश सिलवालले गर्नुभएको कुराकानीको सम्पादित अंश)