• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड ★   हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग ★   सन्दीपलाई मेरिना इम्पेक्सको सुट

जन्मकैदको सजाय पाएकाहरुलाई सफाई दिइएपछि उच्च अदालत जनकपुरमा पीडित पक्षको नाराबाजी



काठमाडौँ । सबैला नगरपालिकास्थित मदन आश्रित निमाविको विद्यालय व्यवस्थापन समिति गठनको क्रममा २०७१ साल चैत ८ गते भएको घटनामा उच्च अदालत जनकपुरले प्रतिवादीहरुलाई सफाई दिएपछि पीडित पक्षले असन्तुष्टी जनाएको छ ।

जिल्ला अदालत धनुषाबाट जन्मकैदको सजाय पाएका ३ जना र १ सालको कैद सजाय पाएका बाँकी प्रतिवादीहरुलाई उच्च अदालत जनकपुरले सफाई दिइएपछि पीडित पक्षले फैसलाप्रति असन्तुष्टी जनाउँदै अदालत परिसरमै नारबाजी गरेको हो ।

घटनामा मृतक रामसेवक राउतका छोरा सञ्जीव राउत र सोही घटनामा घाइते भएका रामसागर साहले अदालत परिसरमै अदालतको फैसलाबिरुद्ध नाराबाजी गरेका हुन् । अदालत परिसरमै नाराबाजी गरेको भन्दै प्रहरीले राउत र साह दुवै जनालाई पक्राउ गरेको छ । यसअघि चैत २२ गते जिल्ला अदालत धनुषाबाट जन्म कैदको सजाय पाएका महेन्द्र यादव, महेस यादव र रासबिहारी भन्ने लालविबहारी यादवसहित १ सालको कैद सजाय पाएका १९ जनालाई उच्च अदालत जनकपुरले जिल्लाको फैसला उल्ट्याउँदै अभियोग दाबीबाट सफाई दिएको हो ।

उच्च अदालत जनकपुरको इजलास नम्बर ४ मा न्यायधीशहरु किरणकुमार पोखरेल र ओमप्रसाद अर्यालको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै प्रतिवादी सबैलाई सफाई दिने फैसला सुनाएको हो । सबैला नगरपालिका १ स्थित मदन आश्रित निम्न माध्यमिक विद्यालय व्यवस्थापन समिति गठन विवादमा २०७१ साल चैत ८ गते राति भएको दुईतर्फी भिडन्तको क्रममा स्थानीय रामसेवक राउत गडेरी र रामप्रकाश यादवको मृत्यु भएको थियो ।