काठमाडौं । बिहीबार बिहानै काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको छ । आज नेकपाका प्रचण्ड–नेपाल पक्षले देशव्यापी आमहड्तालको घोषणा गरेको छ । प्रचण्ड-नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।
आमहड्ताललाई शान्तिपूर्ण रुपमा गर्ने भनिएपनि बिहानै गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहका खनुसार दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेका थिए ।
कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो । सरकारले असंवैधानिक रुपले संवैधानिक निकायहरुमा आफुमर्जी नियुक्ति गरेको भन्दै त्यसको विरोधमा आज प्रचण्ड–नेपाल पक्षले देशव्यापी आम हड्ताल जनाएको छ ।











