• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

कांग्रेसले इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने



काठमाडौं । १५ बैशाखमा हुनलागेको उपनिर्वाचनमा नेपाली कांग्रेसले इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने भएको छ ।

बूढानीलकण्ठमा बसेको कांग्रेस संसदीय बोर्डको बैठकले खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

खड्का गत निर्वाचनमा सोहि स्थानबाट एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।

इलाम–२ मा एमालेबाट सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ उठ्ने भएका छन् । यस्तै, एकीकृत समाजवादीले जीतबहादुर राई, जनमतबाट प्रेमदीप थाम्सुहाङ, पहिचानवादीबाट डगेन्द्रसिंह थेगिम उम्मेवार बनेका छन् ।