• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर

आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित



काठमाडौँ । पहिलो एकदिवसीय खेलमा आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’ लाई पराजित गरेको छ । कीर्तिपुरस्थित टियु मैदानमा भर्खरै सम्पन्न खेलमा नेपाल २१ रनले पराजित भएको हो । १५७ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा १३६ रनमै अलआउट हुन पुग्यो ।

नेपालका लागि शाहव आलमले ३७, देव खनालले २६, बसिर अहमदले २० रन जोड्दा रिजन ढकाल १२ रनमा नटआउट रहे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अन्तिममा क्रिजमा रहेका मौसम ढकाल र रिजनबीच रन लिने क्रममा तालमेल नमिल्दा नेपालले हार बेहोर्न पुग्यो ।  मौसम रनआउट हुन पुग्दा नेपालले खेल गुमायो । बलिङतर्फ आयरल्यान्डका म्याथ्यु हम्फ्रेसले ५ तथा लियाम म्याककार्थीले ४ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ३८ दशमलव तीन ओभरमा अलआउट हुँदा एक सय ५७ रन जोडेको थियो ।

आयरल्यान्ड ‘ए’का लागि केड कार्माइकलले अर्धशतकीय पारी खेले । उनले ७७ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाए । कप्तान निल रकले ३२ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकाको सहयोगमा ३९ रन बनाए ।

त्यसबाहेक पिटर मुरले २१ रन बनाउँदा ओपनरद्वर जेम्स मकलम र स्टेफल डोहनीले समान १२–१२ रनको योगदान दिए ।  नेपाल ‘ए’का लागि कमल ऐरीले ह्याट्रिकसहित चार विकेट लिए भने साहब आलम र मौसम ढकालले दुई/दुई विकेट लिए । साथै रिजन ढकालले एक विकेट लिए ।