२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक निकायहरुमा भएको नियुक्त विरुद्ध रिट दायर गर्न सभामुख सर्वोच्च अदालतमा



अ+ अ-

काठमाडौं । सभामुख अग्नि सापकोटा संवैधानिक निकायहरुमा भएको नियुक्त विरुद्ध रिट दायर गर्न सर्वोच्च अदालत पुग्नुभएको छ । संवैधानिक परिषद्को बैठक त्यसको प्रक्रिया र नियुक्ति को सिफारिस प्रति सुरु देखी नै असहमति राख्दै आउनु भएका सापकोटा नियुक्त विरुद्धको रिट लिएर सर्वोच्च अदालत जानुभएको हो ।

मंसीर ३० गते बसेको परिषद्को बैठकको सिफरिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय महिला आयोग लगायतका आयोगका प्रमुख तथा पदाधिकारी नियुक्ती गर्नुभएको थियो ।

पार्टी भित्रको बिमतिका कारण मैसीर ३० गते बोलाईएको बैठकमा सभामुख सापकोटा र तत्कालीन प्रम्ख प्रतिपक्षदलका नेता शेरबहादुर दउवा अनुपस्थित भएपछि सरकारले अध्यादेश मार्फत नया व्यवस्था गरेको थियो । परिषद्को बैठक  तथा सिफरिस बारे सर्वोच्च अदालतमा अर्को रिट बिचाराधिन अवस्थामा रहेको छ ।