५ श्रावण २०८३, मंगलवार
,
Latest
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रत्नपार्कको भित्ते बगैँचामा २ सय विरुवा रोपिए



अ+ अ-

काठमाडौँ । बुधबार भित्ते वगैँचामा २ सय वटा फूल र लहरा वोटका विरुवा रोपिएका छन् ।

पार्क तथा हरियाली प्रवर्धन आयोजनाले रत्नपार्क, आकाशेपुलको दुईवटा भित्ता उपयोग गरेर भित्ते बगैँचाको परीक्षण थालेको हो । यस क्रममा आयोजनाका प्रमुख नवराज थापा, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे, वातावरण व्यवस्थापन विभागका कर्मचारीसहित सहभागी भएर फूल तथा विरुवा रोप्नुभएको हो ।

आयोजना प्रमुख थापाकाअनुसार फूलमा बेगमबेली र स्वस्थानी फूल (भेरेस्ता) रोपिएका छन् । बेगनबेलीमा पनि गुलावी, रातो, सेतो, पहेँलो, सुन्तले गरी विभिन्न प्रकारका फूल फुल्ने विरुवा छन् । सामान्यतया: यो जातको फूल ४ देखि ६ महिनासम्म फुलिरहन्छ । यी विरुवा बढ्दै जाँदा काँटछाँट गरेर मिलाउँदै जानुपर्छ । यसबाट आफूले चाहेको आकार र स्वरुपको बनाउन सकिन्छ ।

हरियाली हुने विरुवामा होया, मनिप्लान्ट, आइभ्यूका विरुवा छन् । यी विरुवा लहरिँदै बढ्दै जान्छन् । यी आकाशे पुलका भित्ताहरु साढे ३२ मिटर लामा छन् । उचाइ साढे ६ मिटरसम्म छ । भित्ताको जमिन सतहमा खाडल खनेर फूलका विरुवा रोपिएका छन् । लहराउने विरुवालाई गमलामा झुण्ड्याइएको छ । यसमा विरुवा लहराउन भित्ताभरि २/२ वर्गमिटरका जालीदार बार बनाइएको छ ।

आयोजनाले यो काम ९ लाख ५६ हजार लागतमा सम्पन्न गरेको हो । सहरी सुन्दरता र हरियाली प्रवर्धनका लागि थालिएको यो कामको पैदल यात्रीहरुले प्रशंशा गर्दै हिँड्दै हुनुहुन्थ्यो । उहाँहरुको एउटै चिन्ता थियो, यी विरुवा चोरी होलान् कि नहोलान्रु उहाँहरुको यो स्वत:स्फूर्त आवाज नै सहरी सुन्दरताका लागि महत्वपूर्ण छ । यसरी हेर्दा विरुवा जोगाउन मलजल र गोडमेल जति महत्वपूर्ण छ, उत्तिकै महत्वपूर्ण रोपिएका विरुवा चोरिनबाट जोगाउनु पनि हो ।

 




भर्खरै