४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

चेतनाथ आचार्यलाई चीनमा ‘उत्कृष्ट विदेशी अनुवादक विज्ञ सम्मान’

चेतनाथ आचार्यलाई चीनमा ‘उत्कृष्ट विदेशी अनुवादक विज्ञ सम्मान’
अ+ अ-

चीन: तीन दशकदेखि नेपाली पत्रकारितामा सक्रिय रहेका चेतनाथ आचार्यले चीनमा ठूलो सम्मान प्राप्त गरेका छन्। पछिल्लो एक दशकदेखि चीनको राजधानी बेइजिङमा बसेर पत्रकारिता गरिरहेका आचार्यलाई चीनको अनुवादक सङ्घले अन्तर्राष्ट्रिय सम्मान प्रदान गरेको हो। विश्वका पाँचजना उत्कृष्ट व्यक्ति छनोट गरेर दिइएको सम्मानमा नेपाली पत्रकार पनि परेपछि नेपाली पत्रकारिता क्षेत्र पनि उत्साहित बनेको छ।

चिनियाँ अनुवादक संघले आचार्यलाई ‘उत्कृष्ट विदेशी अनुवादक विज्ञ सम्मान’ प्रदान गरेको हो। चीनबाट यस प्रकारको सम्मान प्राप्त गर्ने आचार्य पहिलो नेपाली हुन्। यस प्रकारको सम्मान प्राप्त गर्ने आचार्य दक्षिण एसियाबाटै पहिलो व्यक्ति बनेका छन्।

चेतनाथ आचार्य २०७० साल भदौदेखि चिनियाँ अन्तर्राष्ट्रिय रेडियो ‘सीआरआई’ नेपाली सेवामा विदेशी विशेषज्ञका रुपमा कार्यरत छन्। सीआरआई हाल चिनियाँ मिडिया ग्रुप ‘सीएमजी’मा परिणत भएको छ। आचार्य पत्रकारितासँगै पुस्तक लेखन र साहित्य साधनामा पनि उत्तिकै सक्रिय रहेका छन्।

आचार्यले आख्यान र गैरआख्यान गरी सातवटा कृति प्रकाशन गरिसकेका छन्। उनले चीनका अनुभवमा केन्द्रित रहेर चारवटा किताब प्रकाशन गरेका छन्। आचार्यले चीनमा देखेका, भोगेका, पढेका विषयलाई रोचक ढङ्गले नेपाली सञ्चार माध्यममा लेखरचनाहरु प्रकाशित गर्दै आएका छन्। कान्तिपुर, अन्नपूर्ण पोष्ट, नागारिक जस्ता राष्ट्रिय दैनिकदेखि नेपाल खबर र नेपाल भ्युज अनलाइन सञ्चारमाध्यममा आचार्यले ‘बेइजिङ डायरी’ स्तम्भ मार्फत नेपाली पाठकलाई चीनका रोचक पक्षका बारेमा जानकारी दिँदै आएका छन्।

आचार्यले २०७२ सालमा ‘मेरा आँखामा चीन’ र २०७४ मा ‘चीन चियाउँदा’ पुस्तक लेखेर चीनका विविध पक्षमाथि प्रकाश पारेका छन्। यसैगरी उनले २०७८ मा ‘रुइबा’ उपन्यास लेखेका थिए। एकजना नेपाली महिला चीनको जेलमा पुगेको सत्यघटनालाई लिएर लेखिएको यो उपन्यासमा आचार्यले नेपाली संस्कृति र चिनियाँ संस्कृतिको मोहक ढङ्गले प्रस्तुति गरेका छन्। आचार्यको ‘रुइबा’ उपन्यासले २०७९ को ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्राप्त गरेको छ।

आचार्यको सबैभन्दा पछिल्लो कृति ‘नयाँ युगमा चीन’ हो। २०८० बैशाखमा प्रकाशित यस पुस्तकमा चीनको राजनीतिक पक्षसँगै आर्थिक र कृषि पक्षमाथि समीक्षा गरिएको छ। यस कृतिमा चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनबाट पारित प्रतिवेदनको पूर्ण दस्ताबेजलाई नेपालीमा अनुवाद गरेर राखिएको छ भने वर्तमान चिनियाँ राष्ट्रपति सी चिनफिङको किशोरावस्थाको कहालीलाग्दो समयलाई पनि नेपाली भाषामा समेटिएको छ। त्यसैगरी चिनियाँ कम्युनिष्ट पार्टीको एक सय वर्षको इतिहासलाई छोटकरीमा प्रस्तुत गरिएको छ भने बीआरआई तथा चीनले प्राप्त गरेको गरिबी निवारणका बारेमा पनि तथ्यपरक लेखहरु राखिएको छ।

आचार्यले किताब लेख्ने र चीनका महत्वपूर्ण दस्ताबेजलाई नेपाली भाषामा अनुवाद गरेकाले चिनियाँ अनुवादक संघले ‘उत्कृष्ट विदेशी अनुवादक विज्ञ सम्मान’ प्रदान गरेको हो। गत मार्च ३० तारिख (चैत्र १७ गते) शनिबार चीनको हुनान प्रान्तको सदरमुकाम छाङ्शामा आयोजित विशेष समारोहमा आचार्यलाई उक्त सम्मान प्रदान गरिएको हो। जापान, अल्जेरिया, जर्मनी र स्पेनका विशेषज्ञसँगै आचार्यलाई उक्त सम्मान प्रदान गरिएको छ।

केही लेखिरहने आफ्नो रुचि भएको र त्यही कामलाई चीनले मूल्याङ्कन गरेर सम्मान गरेकाले आफूलाई निकै खुशी लागेको आचार्यले बताए। उनले भने ‘चीनले दिएको सम्मानले मलाई अझै बढी लेख्न र अनुवाद गर्न प्रोत्साहन र जाँगर थपिदिएको छ। यो सम्मानलाई मैले जिम्मेवारी थपिएको ठानेको छु।’