१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

आगामी वर्षको बजेट उत्पादन,उत्पादकत्व र रोजगारी बढाउनेमा केन्द्रित हुनुपर्छ: सांसदहरु

आगामी वर्षको बजेट उत्पादन,उत्पादकत्व र रोजगारी बढाउनेमा केन्द्रित हुनुपर्छ: सांसदहरु
अ अ+ अ-

काठमाडौँ । आगामी वर्षको बजेट उत्पादन, उत्पादकत्व र रोजगारी बढाउनेमा केन्द्रित हुनुपर्ने राष्ट्रिय सभाका सदस्यहरुले बताएका छन् ।

मंगलवार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै अधिकांश सांसदहरुले यस्तो बताएका हुन् । उनीहरुले सरकारले आगामी वर्षको बजेटमा उत्पादन,उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनामा जोड दिनुको विकल्प नभएको बताए । राष्ट्रिय सभा सदस्यहरुले समिति बैठकमा राष्ट्रिय आवश्यकता र क्षमताको आधार बजेट निर्माण गरी अर्थतन्त्रमा वर्तमान समस्या समाधान हुनु पर्नेमा जोड दिए । उनीहरुले सरकारले सहकारी,लघुवित्त लगायतका समस्या रहेको भन्दै त्यसलाई सम्बोधन गर्नेगरी बजेट निर्माण गर्न माग गरे । सदस्यहरुले सरकारले रुग्ण रहेका सरकारी उद्योगहरु सञ्चालन गर्नेगरी प्राथमिकताका साथ बजेट व्यवस्थापन गर्नु जरुरी रहेको बताए ।

उनीहरुले जलविद्युत,कृषि उत्पादनलाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताए । समिति सदस्य वामदेव गौतमले नेपालमा उत्पादन हुने वस्तुहरु विदेशबाट आयात गर्न सरकारले प्रतिवन्ध लगाउन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालमा ४ खर्ब बराबरको भारतबाट खाने वस्तुहरु आयात भइरहेको भन्दै रोक्न जरुरी रहेको बताउनु भयो । उहाँले जतिसुकै सुन्दर तरिकाले कुरा गरे पनि सन्तुष्ट हुनेगरी बजेट र प्राथमिकता नभएको बताउनु भयो । उहाँले सरकारले नेपाललाई डुबाउने गरी बजेट सिद्धान्त र प्राथमिकता ल्याएको आरोप लगाउनु भयो । गौतमले सरकारले नयाँ कार्यक्रमहरु अघि नसारेको बताउनु भयो । उहाँले सरकारले आजको समस्या तत्काल समाधान गर्नसक्ने गरी योजना र कार्यक्रम केही नल्याएको भन्दै असन्तुष्टी जनाउनु भयो । उहाँले कृषि उत्पादनमा नयाँ उचाईमा लैजाने गरी बजेट र कार्यक्रमहरु तय गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो,‘नेपालमा उत्पादन हुने वस्तुहरु विदेशबाट आयात गर्न सरकारले प्रतिवन्ध लगाउनुपर्छ । ४ खर्ब बराबरको भारतबाट खाने वस्तुहरु आयात भइसक्यो । ४ खर्ब बढी व्यापार घाटा भइसक्यो । मुलुकको यस्तो अवस्था छ त्यसो भएर सरकारल जतिसुकै सुन्दर तरिकाले भने पनि सन्तुष्ट हुनेगरी बजेट र प्राथमिकता छैन । यो नेपाललाई डुबाउने तर्फ गइरहेको छ । सरकारले नयाँ कार्यक्रमहरु अघि सारेको छैन । जसले जनतालाई प्रेरित गर्नसक्छ । आजको समस्या तत्काल समाधान गर्नसक्छ । त्यस्तो सरकारको योजना र कार्यक्रम केही छैन । मुलुकलाई कृषि उत्पादनमा नयाँ उचाईमा लैजानुपर्छ । नेपालमा अहिले पनि २२ लाख हेक्टर जमिन छ । सामुदायिक वनमा २० लाख हेक्टर जमिन छ । सुधार गरेर उत्पादनमा लैजानसक्ने हो भने १० लाख हेक्टर जमिन छ । यसरी ५३ लाख हेक्टर जमिनमा उत्पादन गर्नसक्छौं । विभिन्न उद्योगहरु लगाएर मुलुकलाई मात्रै होइन विश्वलाई दिनसक्ने क्षमता हुन्छ । हरेक पालिका भित्र कृषिमा आत्मनिर्भर हुनेगरी कार्यक्रमहरु घोषणा गर्न आवश्यक रहेको छ ।’

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले सहकारी र लघुवित्त क्षेत्रमा देखापरेका गम्भिर समस्याहरु बजेटमार्फत समाधान गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले यी समस्या समाधान गर्न नसक्ने हो भने देश भयावहको स्थितिमा जाने खतरा रहेको दाबी गर्नुभयो । उहाँले राजश्व संकलनमा सरकारलाई चुनौती रहेको भन्दै बजेट निर्माण गर्दा यस्ता कुराहरुलाई सरकारले ध्यान दिनुपर्ने सुझाव दिनुभयो । सुवेदीले सक्रिय उमेर समूहका जनशक्ति पलायन भएको बताउनु भयो । उहाँले सरकारले बजेट तथा योजनामा विद्युतलाई प्राथमिकता दिनु स्वागतयोग्य रहेको बताउनु भयो । उहाँले सरकारले आगामी आर्थिक वर्षको बजेट उत्पादन,उत्पादकत्व र रोजगारी बढाउनेतर्फ उन्मुख हुनुपर्ने बताउनु भयो । उहाँले आगामी वर्षको बजेट उत्पादन,उत्पादकत्व र रोजगारी बढाउनेमा केन्द्रित भएमात्रै गरिबीको न्युनिकरण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,‘अहिले सहकारी र लघुवित्त क्षेत्रमा देखा परेका गम्भिर समस्याहरु देखापरिरहेका छन् । त्यसको हल कसरी गर्न सकिन्छ । अहिलेको बजेट बाट । यदि त्यसमा जोड नदिने हो भने देश भयावहको स्थितिमा जाने देख्छु । राजश्व संकलनमा सरकारलाई चुनौती छ । बजेट निर्माण गर्दा यस्ता कुराहरुलाई ख्याल गनुपर्छ । अहिले सक्रिय उमेर समूहका जनशक्ति पलायन छन् । जब सक्रिय उमेर समूहका जनशक्ति पलायन हुन्छ भने देश विकास कसरी हुन्छ । यस विषयमा पनि सरकार गम्भिर हुन आवश्यक छ । सरकारले बजेट तथा योजनामा विद्युतलाई प्राथमिकता दिएको छ त्यो स्वागतयोग्य रहेको छ । त्यसैले सरकारले आगामी आर्थिक वर्षको बजेट उत्पादन,उत्पादकत्व र रोजगारी बढाउने तर्फ उन्मुख हुनुपर्छ । आगामी वर्षको बजेट उत्पादन,उत्पादकत्व र रोजगारी बढाउनेमा केन्द्रित होस् । गरिबीको न्युनिकरण त्यसबाट मात्रै गर्न सकिन्छ ।’

बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य जितजङ्ग बस्नेतले सार्वजनिक सम्पतीलाई कार्यकर्तालाई बाँड्ने आफू अनकुल बनाउने काम बन्द गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सहकारीबाट जनताको ८ अर्ब रुपैयाँ ठगी भएको भन्दै राज्यको राजश्वमा कस्ता असर परेको छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सहकारी ठगीको समस्या समाधानको विषयलाई बजेटमा सम्बोधन गर्न माग गर्नुभयो । सदस्य बस्नेतले सुन तस्करीको कारण राजवश्वमा कति हानी भएको जानकारी सरकारले सांसदलाई दिनुपर्नेमा जोड दिनुभयो । उहाँल कमजोर व्यवस्थापन र बजेट अभावको कारण धरासायी भएका उद्योगहरु चलायमान बनाउने गरी आगामी वर्षको बजेट तय हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सार्वजनिक सम्पतिलाई कार्यकर्तालाई बाँड्ने आफू अनकुल बनाउने काम बन्द गर्नुपर्छ । आगामी बजेटमा प्राथमिकता दिनुपर्छ । सहकारीमा ८ अर्ब रुपैयाँ जनतालाई ठगि भएको छ । आम नेपाली गरिब जनता ठगि भएका छन् । यसबाट राज्यको राजश्वमा असर परेको छ । यो विषयलाई बजेटमा कसरी सम्बोधन हुँदैछ । सुन तस्करीको कारण राजवश्वमा कति हानी भएको छ । मुलुकको अर्थतन्त्रलाई कति हानी पुर्‍याएको छ । कमजोर व्यवस्थापन र बजेट अभावको कारण धरासायी भएका उद्योगहरु चलायमान बनाउने गरी आगामी वर्षको बजेट तय हुनुपर्छ । सरकारले निजी साझेदारीमा सरकारी उद्योग चलाउनु हुँदैन । त्यसरी चलाउने हो भने उद्योग कब्जा गर्ने नीति हो ।’

बैठकमा बोल्दै अर्थमन्त्रालयका सचिव डा.कृष्णहरी पुस्करले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा पहँुचका आधारमा योजना छनोट नहुने दाबी गर्नुभयो । उहाँले अर्थमन्त्रालय विकासको आफै विज्ञ नभएको भन्दै मन्त्रालयगत विज्ञताका आधारमा मन्त्रालयले बजेट उपलब्धता गराउने बताउनु भयो । उहाँले अर्थमन्त्रालय मुलुकमा भएको आर्थिक साधन स्रोत उपलब्धता,वित्तीय अनुशासन र मन्त्रालयलाई भएको सिमाहरुको बारेमा जानकारी लिएर मात्रै योजना छनोट गर्न भनिएको बताउनु भयो । सचिव पुस्करले बजेट बनाउँदा परिपालना गर्नुपर्ने मापदण्डका बारेमा सरोकारवाला निकायहरुसँग छलफल गरेको बताउनु भयो । आगामी वर्षको बजेटमा तुलनात्मक विचलनहरुलाई नियन्त्रण गर्ने र निर्ममता पूर्वक बजेट बनाउने तयारीमा अर्थमन्त्राय रहेको बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षको प्रमुख प्राथमकिता उत्पादन,उत्पादकत्व र रोजगारी वृद्धिमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा पहँुचका आधारमा योजना छनोट हुँदैनन् । अर्थ मन्त्रालय विकासको आफैँ विज्ञ होइन । भौतिक संरचना निर्माण र सडक निर्माणको सन्दर्भमा भौतिक मन्त्रालय हुन्छ । अन्य मन्त्रालयगत योजनामा अन्य मन्त्रालय विज्ञ हुन्छ । अर्थमन्त्रालय मुलुकमा भएको आर्थिक साधन स्रोत उपलब्धता,वित्तिय अनुशासन र मन्त्रालयलाई भएको सिमाहरुको बारेमा जानकारी गर्छौं । बजेट बनाउँदा परिपालना गर्नुपर्ने मापदण्डका बारेमा सरोकारवाला निकायहरुसँग छलफल गरेका छौँ । आगामी वर्षको बजेटमा तुलनात्मक रुपमा कम भन्दा कम पनि विचलन आउँदैन । यस्ता विचलनहरुलाई नियन्त्रण गर्ने र निर्ममता पूर्वक बजेट बनाउने तयारीमा अर्थमन्त्राय छ । आगामी आर्थिक वर्षको प्रमुख प्राथमकिता उत्पादन,उत्पादकत्व र रोजगारी वृद्धिमा रहेको छ । त्यसको मुल मर्म के हो भने निरासा चिर्दै उत्साह जगाउँदै सरकारको प्रतिवद्धता छ । पछडिएका,महिला,समावेशीता,दुर्गम र मानव विकास सुंचाङकमा पछि परेका कुराहरुलाई बढी भन्दा बढी प्राथमिकता दिने भन्ने प्रधानमन्त्रीको निर्देशन अनुरुप बजेट बनाउने काम भइहरको छ । आगामी वर्षको बजेट विगतको जस्तो कनिका छरे जस्तो भन्दा पनि रुपान्तरणकारी योजनाहरु आउनेछन् ।’

उहाँले आगामी वर्षको बजेट सरकारको निरासा चिर्दै उत्साह जगाउँदै सरकारको प्रतिवद्धता अनुरुप आउने जानकारी दिनुभयो । उहाँले पछडिएका,महिला,समावेशीता,दुर्गम र मानव विकास सूचकाङ्कमा पछि परेका कुराहरुलाई बढी भन्दा बढी प्राथमिकता दिने भन्ने प्रधानमन्त्रीको निर्देशन अनुरुप बजेट बनाउने काम भइहरको बताउनु भयो । आगामी वर्षको बजेट विगतको जस्तो कनिका छरे जस्तो भन्दा पनि रुपान्तरणकारी योजनाहरु आउने दाबी सचिव पुस्करको थियो ।