४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन

ग्लोबल आइएमई बैंकको २६८ औं शाखा धनुषाको ढल्केबरमा

ग्लोबल आइएमई बैंकको २६८ औं शाखा धनुषाको ढल्केबरमा
अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले धनुषा जिल्लाको ढल्केबरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच धनुषा जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्तरुपमा नयाँ शाखाको उद्घाटन गर्नुभएको हो ।

नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या २६८ पुगेको छ । शाखा उद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले नेपाल सरकार तथा नियामक निकायको नीति तथा कार्यक्रमहरुलाई पालन गर्दै आफ्नो सेवालाई विस्तार गरेको बताउनुभयो । 

“सबैका लागि बैंक” भन्ने मुल नारालाई चरितार्थ गर्दै बैंकले मुलुकका ७४ वटा जिल्लाबाट सेवा प्रदान गर्दै आएको बताउँदै उहाँले बैंकिङ्ग सेवाको पहुँचभन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भएसम्म शाखा विस्तार गर्दै वा शाखा रहित बैंकिङ्ग सेवाका माध्यमबाट सेवा प्रदान गर्ने बताउनुभयो । उहाँले बैंकले अबका दिनमा थप सबल र सक्षम बन्दै मुलुकका सबै जिल्लाबाट सरल बैंकिङ्ग सेवा प्रदान गर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी बास्तोलाले ग्लोबल आइएमई बैंक मुलुककै एक उत्कृष्ट बैंकको रुपमा स्थापित हुनेगरी काम गर्न सुझाव दिनुभयो । 

कार्यक्रममा मिथिला उद्योग वाणिज्य संघका अध्यक्ष तेजनारायण साह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित कुमार साह, सिन्ुधली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेश चन्द्र बैदार, थाहा उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश कुमार श्रेष्ठ तथा मिथिला नगरपालिका वडा नं. ६ का अध्यक्ष भक्तबहादुर बलम्पाकी लगायत विभिन्न राजनितिक दलका प्रतिनिधि, स्थानीय व्यवसायी, बैंकका कर्मचारी, पत्रकार तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले देशका ७४ जिल्लामा फैलिएको २६८ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २२ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।