१४ आश्विन २०८१, सोमबार
,
Latest
नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको अध्यक्षमा रीना डंगोल नियुक्त उसु टोली बंगलादेश जाने एभरेस्ट महिला भलिबल लिगमा ललितपुरले काठमाडौँलाई हरायो बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यिनै हुन् आफ्नै श्रीमतीलाई खाना नबनाएको निहुँमा बञ्चरो प्रहार गरी हत्या गर्ने श्रीमान



अ+ अ-

कास्की । श्रीमतीको हत्या अभियोगमा श्रीमान प्रकाउ परेका छन् । शुक्रबार राति प्रहरीले आफ्नै श्रीमती ४२ वर्षीया हरिमाया पुनको हत्या गरेको आरोपमा पोखरा महानगरपालिका-३३ उपल्लो पुँडी बस्ने ५० वर्षीय गमबहादुर पुनलाई पक्राउ गरेको हो।  

 पोखरामा डेरा गरी बस्दै आएका पुन पर्वत जलजला गाउँपालिका-७ धाइरिङका हुन्। उनले श्रीमतीलाई राति पौने ८ बजे धारिलो हतियार बञ्चरो प्रहार गरी हत्या  गरेको प्रहरीले जनाएको छ।

कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालका अनुसार हरिमाया आफ्नै सुत्ने कोठामा मृत फेला परेकी थिइन्। प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा गमबहादुरलाई पोखरा महानगरपालिका(३३ लामगादीबाट पक्राउ गरिएको हो । 

गमबहादुरले खाना नबनाएको विषयमा आपसमा झगडा हुँदा श्रीमतीलाई बञ्चरो प्रहार गरेको अनुसन्धानबाट खुलेको हमालले बताए। उनीउपर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको हमालले बताए। 

मृतक हरिमायाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पोखरामा राखिएको छ।