२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा पानी पर्यो चन्द्रागिरि हिउँ, चिसो भयो जीउ



अ+ अ-

काठमाडौं । शनिबार काठमाडौं उपत्यकामा वर्षा भएको छ । यहाँ निकै लामो समयपछि वर्षा भएको हो । काठमाडौँका कतिपय स्थानमा सामान्य वर्षा भएको छ भने कतै ठूलै पानी पनि परेको छ । यहाँ निकै लामो समयदेखि पानी नपरेकाले इनार पनि सुक्न लागेका थिए ।

त्यस्तै आकाशे पानीको अभावमा सागसब्जी लगायतको तरकारीलाई पनि समस्या भएको थियो । आज सामान्य वर्षा भए पनि भोलितिर वर्षा हुन सक्ने अनुमान गरिएको छ । 

यहाँ वर्षा भएसँगै चन्द्रागिरी डाँडामा दिउँसो हिउँ पनि परेको छ । वर्षेनी यहाँ हिउँ परेपछि मानिसहरु रमाउने गर्दछन् । आज पनि त्यस्तै थियो । आज हिउँ परेपछि अपरान्ह्बाट चन्द्रगिरि केबल कार चढेर माथि हिउँ हेर्न जानेको भीड लागेको देखिन्थ्यो ।

हिउँ परेसंगै चन्द्रागिरी केबलकार चढ्न जानेहरुको भीड बढेको थियो । चन्द्रागिरीमा परेको हिउँले स्थानीय क्षेत्र मनमोहक देखिएको छ । उता यो हिउँले गर्दा काठमाडौं र यसको काँठमा रहेको बस्तीमा चिसो बढाएको छ । 

यहाँको आजको जनजीवन चिसो भएको छ । हिजोसम्म दिनभर घाममा बस्ने गरेका राजधानी उपत्यकाका बासिन्दा आज भने अपरान्हबाट वर्षा र माथि चन्द्रगिरि डाँडाको हिउँले गर्दा चिसो महसुश गरेका हुन् ।