२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति

यसरी फेरियो प्रधानमन्त्रीको बोली

यसरी फेरियो प्रधानमन्त्रीको बोली
अ अ+ अ-

काठमाडौं । नारायणहिटी दरबारको गेटमा मञ्च राखेर आमसभा गर्ने घोषणा हुनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अन्यथा’ टिप्पणी गरिए। केहीअघि मात्र उनले कम्युनिस्ट प्रधानमन्त्रीको परम्परा तोड्दै पशुपतिनाथको पूजाअर्चना गरेका थिए। सुनको जलहरी बनाउने प्रधानमन्त्रीको घोषणाको विरोध गर्ने परम्परावादीकै कित्तासमेत जन्मिएको थियो। कसैले मुख खोलेरै भन्थे, ’माघ २३ गते दरबारको गेटबाट प्रधानमन्त्रीले धार्मिक विषयमा केही बोल्नेछन्।’

पार्टीको विभाजित समूहलाई थर्काउन पूर्वराजाको ढोका छान्नुको भित्री कारणको अनुमान मान्छेपिच्छे फरक थिए। सबैभन्दा ठूलो कुरा त प्रधानमन्त्रीले पुष्पकमल दाहाल९माधवकुमार नेपाल खेमालाई साविकभन्दा कडै आलोचना गर्ने सबैजसोको अड्कलबाजी थियो। तर, भयो ठीक उल्टो। प्रधानमन्त्रीले धर्मको ’ध’ सम्म उच्चारण गरेनन्। पूर्वराजाको पुरानो बिर्ताबाट गणतन्त्रको दीर्घ भविष्यप्रति कडा प्रतिबद्धता जनाए। र, सबैलाई छक्क पार्ने गरी दाहाल९नेपालप्रति कटु वचन प्रयोग गरेनन् । जति बोले, सरकार कसरी जनतासम्म छिर्नसक्छ भन्नेमा केन्द्रित भए।ओलीको फेरिएको यो बोलीले राम्र प्रशंसा बटुलेको छ।

दुई खेमामा विभाजित नेपाल कम्युनिस्ट पार्टीको कुनै एक पक्षबाट सभा९सम्मेलन वा प्रदर्शन हुन लाग्यो भने राजनीतिक गतिरोध अन्त्यका लागि नेतृत्वबाट कस्तो धारणा आउँछ भन्ने अपेक्षा सर्वसाधारणले गर्न छाडिसकेका थिए। कार्यकर्तापंक्तिमा पनि नेताबाट रचनात्मक भूमिकाको सट्टा विपक्षीलाई खुइल्याउन भाषणमा कस्ता शब्द प्रयोग भए र भोलि यही भाषणलाई कसरी भाइरल बनाउन सकिन्छ भन्नेतर्फ मात्रै ध्यान जान थालेको थियो। गालीगलौजमा प्रयोग भएका कतिपय शैली र शब्द समाजमा प्रयोग गर्नसमेत हिच्किचाउनुपर्ने किसिमका थिए। तर, नेकपा सत्तापक्षीय खेमाले शुक्रबार राजधानीमा आयोजना गरेको जनसभाले भने सर्वसाधारणले अनुमान गरेभन्दा फरक सन्देश दियो।

अर्थात् विपक्षीलाई गालीगलौज गरेर मात्रै ताली पाउन सकिन्छ भन्ने गलत अभ्यासलाई चुनौती दिँदै शालीन र भद्र शैलीमा सभा सम्पन्न भयो। यो सकारात्मक अभ्यासले अन्ततः सभाको गरिमा बढायो। विगतमा एकै पार्टीमा रहँदा देउतासरह पुजेका नेतालाई फरक गुटमा लागेकै आधारमा दानवीय व्यवहार गर्दै निम्नस्तरको गालीगलौजमा उत्रने गलत परिपाटी अन्त्यका लागि सभाले सकारात्मक भूमिका खेलेको छ। आज अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको सम्पादकीयको अंश ।