७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन कानुन र व्यवस्थापनबारे छलफल सम्पन्न क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो चरणको खोप अभियानः लक्ष्यभन्दा आधा कमले मात्र लगाए खोप



अ+ अ-

काठमाडौं । सरकारले सञ्चालन गरेको पहिलो चरणको खोप अभियानमा लक्ष्यभन्दा आधा कमले खोप लगाएका छन् । शुक्रवारसम्ममा ४ लाख ३० हजारलाई कोरोना विरुद्धको खोप लगाउने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको थियो । तर सो अवधिमा १ लाख ७१ हजारले मात्र खोप लगाएपछि मन्त्रालयले पहिलो चरणको अभियानमा एक दिन थपेको थियो । खोप अभियानको अन्तिम दिन शनिवार साँझसम्ममा करीब २ लाखले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालले दुई साताअघि भारतबाट सहयोग स्वरूप १० लाख डोज खोप प्राप्त गरेको थियो । अक्सफोर्ड र अस्त्राजेनेकाले विकास गरेको तथा भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिशिल्ड’ खोप भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो । नेपाल भित्रिएको तीन दिनमै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर खोप पठाउन शुरू गरेको थियो ।

बुधवारदेखि नै ३०० ओटा खोप केन्द्रबाट खोप लगाउने तयारी थियो । तर सबै केन्द्र खोपका लागि तयार गर्न नसकेपछि शुरूमा १२० केन्द्रबाट खोप अभियान शुरू गरिएको थियो । अभियानको अन्तिम दिनसम्ममा २०१ केन्द्र मात्र खोप भण्डारणका लागि तयार भएका थिए । आर्थिक अभियान दैनिकमा छ ।