२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति

स्थायित्व र शान्तिबिना समृद्धि सम्भव छैन: प्रदेश प्रमुख शेरचन

स्थायित्व र शान्तिबिना समृद्धि सम्भव छैन: प्रदेश प्रमुख शेरचन
अ अ+ अ-

गण्डकी । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राजनीतिक स्थायित्व र शान्तिबिना विकास र समृद्धि सम्भव नहुने बताउनुभएको छ । पोखरा फोटोग्राफर सङ्घ नेपालको ३९औँ साधारणसभा तथा अधिवेशन एवं पोखरा फोटोग्राफी अवार्ड वितरण कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय एकता र सहमतिबिना समृद्धि प्राप्त गर्न नसकिने बताउनुभयो । विकास र समृद्धिको भाषण धेरै भएको भन्दै उहाँले अब व्यवहारमा समृद्धि ल्याउने बेला आएको बताउनुभयो । देशको स्वाधीनता बचाउन र राष्ट्रियताको रक्षा गर्न सम्पूर्ण नेपाली एक हुनुपर्ने भन्दै प्रदेश प्रमुख शेरचनले स्थायित्वका लागि सबैको एकता आवश्यक भएको उल्लेख गर्नुभयो ।

इतिहासलाई जीवित राख्न फोटोग्राफीको ठूलो महत्व रहेको र त्यसमा फोटोग्राफरले महत्वपूर्ण टेवा पुर्याउँदै आएको बताउँदै प्रदेश प्रमुख शेरचनले फोटोग्राफीले इतिहासलाई सम्झाउन मद्दत पुर्याउने उल्लेख गर्नुभयो । कार्यक्रममा लाइभटाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ फोटोग्राफर विश्वरत्न शाक्य, कैलाश फोटोग्राफर अफ द इयर अवार्डबाट जय गुरुङ, पोखरा फोटोग्राफी अवार्डबाट काजल श्रेष्ठ, सन्देश उदास, बिलक सुवेदी, मञ्जुल शाक्य, सुके घले, महेन्द्रराज बराललाई नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । सङ्घद्वारा प्रकाशित ‘फोकस’ बुलेटिनको प्रदेश प्रमुख शेरचनले विमोचनसमेत गर्नुभएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका–४ का वडाध्यक्ष शङ्कर बाँस्तोला, नेपाल फोटोग्राफर महासङ्घका संयोजक महेन्द्रप्रसाद उपाध्याय, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलराम ढकाल, पोखरा उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष बलराम आचार्य, कार्यक्रममा सम्मानित व्यक्तित्व विश्वरत्न शाक्य, कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवहरि अधिकारी र अक्षयकोष दाताको तर्फबाट अशोक बाटाजुले पुरस्कारले फोटोग्राफरको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।