४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गराएर नाका आजातजावतमा सहज

स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गराएर नाका आजातजावतमा सहज
अ+ अ-

झापा । पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौं मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो । 

नाकाबाट ठूला सवारी साधन आवतजावतमा रोक लगाए पनि मोटरसाइकल, सिटीरिक्सा तथा पैदलयात्रीलाई भने सहज भएका कारण दैनिक सयौं नेपाली भारतीय सीमावर्ती बजार पानीट्याङ्की, नक्सलबाडी, सिलगुढीलगायत क्षेत्रमा औषधि, लत्ताकपडा र खाद्यान्न खरीदका लागि जाने र नेपालतर्फ आउने क्रम बढेको छ । 

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले अझै पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले सरकारले लागू गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गराएर मात्रै नाकाबाट आवतजावत भइरहेको बताउनुभयो । उहाँले उपचारका लागि भारतका विभिन्न स्थानमा जाने वृद्धवृद्धा, असशक्तहरुलाई पालो मिलाएर सिटीरिक्सामा पठाउने गरिएको स्वीकार गर्नुभयो । “मानवीय कारणले उपचारमा जानेलाई केही सहज बनाइएको छ”, उहाँले भन्नुभयो, “तर अन्यको हकमा भने पुरानै अवस्था छ । खुकुलो बनाइएको छैन ।’’
 
उहाँले नेपालका अन्य सीमानाका खुलेपनि पूर्वी नाका खुलाउने बारेमा केन्द्रबाट कुनै निर्देशन नआएको बताउनुभयो । भारतबाट आएका व्यक्तिले ७२ घण्टाभित्रको पिसीआर रिपोर्ट तथा तेस्रो मुलुकबाट आएकाले राहदानी देखाएर नेपाल प्रवेश गरिरहेको जानकारी दिनुभयो । कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न सरकारले गत चैत ११ गतेदेखि भारतसँग जोडिएका सीमा नाकाहरु बन्द गरेको थियो ।