२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति

प्रधानमन्त्री ओली गलेका कि संयमित बन्न खोजेका ?

प्रधानमन्त्री ओली गलेका कि संयमित बन्न खोजेका ?
अ अ+ अ-

काठमाडौं । काठमाडौंको सभामा आउन  प्रधानमन्त्री केपी शर्मा ओलीले धेरैलाई निम्ता  दिनुभएको थियो र आफूले त्यही दिन आमसभामा सबै कुरा खोल्ने पनि बताउनु भएको थियो । संकटको समयमा प्रधानमन्त्रीले पक्कै पनि केही नया कुरा  गर्छन भनेर धेरैले शभा तीर आँखा लाएका थिए ।

सभामा नगएकाहरुले पनि  टेलिभजिन अनलाईन , रेडियो  तथा सामाजिक संञ्जाल तीर नजर लगाईरहेका थिए ।  तर त्यो घोषणा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ग्राण्ड डिजाइनबारे आफूले खोलिदिने भनेजस्तै सीमित हुन पुगेको छ । सभा सकिए  पछि सामाजिक सञ्जालमा यस्तै आए । केहीले भने– आजको भाषण त केपी ओलीको जस्तो भएन नि । अरु केहीको प्रतिक्रिया थियो– न प्रचण्ड नेपाललाई धाकधम्की, न त उखान तुक्का नै । अनि उखान तुक्का नै नआएपछि ओलीको बोलीमा के मजा आयो र ? अनि धेरैको प्रतिक्रिया थियो– के प्रधानमन्त्री संयमित भएकै हुन् ? त्यसैगरी अझै धेरै मानिसको यो प्रतिक्रिया थियो– के ओली गलेकै हुन् त ? 

प्रधानमन्त्री आफैले र सभाको तयारीमा लाग्ने नेताहरुले भनेका थिए काठमाडौँमा तीन लाख मानिस उतार्ने भनेर । तर मानिसको संख्यामा चाहिँ त्यसमा दुइ सुन्ना काट्नुपर्ने अवस्था देखियो । सायद त्यसैकारण पनि ओलीलाई बोलीका छर्रा छोड्न नफुरेको हो कि ? कतिले त यो पनि अनुमान गरेका छन् । भीड धेरै नदेखेपछि नफुर्ने त नेताहरुको बानी नै हो । 

तर शुक्रबारको ओलीको भाषण अघिका भाषणहरुजस्तो चर्काे संयमित देखेर धेरैले भने ओली संयमित बन्न थालेका हुन् कि भन्ने अनुमान पनि गरेका छन् । शुक्रबार उनको भाषणमा खासै दाहाल नेपाललाई गाली गलौज थिएन । प्रचण्डले मांशाहारी आन्दोलन गर्न खोज्नुको अर्थ के उनले नरभक्षी आन्दोलन गर्न खोजेका हुन् भन्ने बाहेकको ओलीको भाषण त्यस्तो चर्काे थिएन ।   

यता शुक्रबारै विहान प्रचण्डले गरेको पत्रकार सम्मेलनमा पनि ओलीप्रति त्यस्तो कुनै आक्रामक अभिव्यक्ति थिएन । सायद यसपछि पनि ओली संयमित बनेका हुनसक्छन् । सुनिएको थियो– आमसभाको विषयमा बिहीबार राति बलुवाटारमा नेताहरुको डिनर थियो र त्यस क्रमम अबदेखि भाषण गर्दा अर्काे पक्षलाई धेरै गाली गलौज नगर्ने, आफ्ना कुरा मात्र भन्ने भनेर समीक्षा गरिएको थियो रे । सायद त्यसैको परिणाम पनि यो हुनसक्छ । 

अरु कतिपयले ओली गलेको अनुमान पनि गरेका छन् । किनभने उनले त्यस दिन घोषणा गर्ने भनेका कुनै पनि कुरा बाहिर आएनन् । उनी आफैले अघिल्लो दिन किसान महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए– मैले धेरै कुरा भोलि भन्नेछु । त्यसलाई सरकारी मिडियाले प्रचार पनि गरेका थिए । तर ती कुनै पनि कुरा आएनन्, ओलीको खल्लो भाषणमै उनकै शब्दको इतिहासकै सबैभन्दा ठूलो आमसभा यसै सकियो ।