• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड ★   हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग ★   सन्दीपलाई मेरिना इम्पेक्सको सुट ★   प्रधानमन्त्रीले कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाए ★   संसदीय समिति नबनेसम्म सदन चल्न नदिने ‘मुड’मा विपक्षी दल ★   ‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु: उपसभामुख राना (अन्तरवार्ता) ★   न्यायपालिकाप्रतिको आशंका निवारणमा सबै पक्षको प्रयास केन्द्रित हुनुपर्छ: प्रधानन्यायाधीश श्रेष्ठ ★   न्यायपालिकाको सुदृढिकरणका लागि सरकार प्रतिवद्ध: प्रधानमन्त्री

काँग्रेसलाई बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गर्नुछ: देउवा



file photo

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

मंगलादेशी सिंह फाउण्डेशनले आईतवार काठमाडौंमा आयोेजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने पार्टीको रुपमा स्थापित गर्नुपर्ने बताउनुभएको हो ।

सभापति देउवाले काँग्रेसलाई आगामी दिनमा बहुमत ल्याउनसक्ने पार्टी बनाउनका लागि महिला दिदिबहिनीहरुको महत्वपूर्ण भुमिका हुने भन्दै त्यसमा काममा लाग्न पनि आग्रह गर्नु भयो । उहाँले पार्टीमा आवद्ध महिलाहरुलाई अझ बढि सशक्तिकरण गर्दै नेपाली काँग्रेसलाई आगामी दिनमा बहुमत ल्याउने पार्टी बनाउन सिंगो पार्टी पंक्ति लाग्नुपर्ने उहाँको भनाई थियो । सभापति देउवाले महिलाहरुको हक अधिकार संविधानमा नै स्थापित गराउने काममा मंगलादेवी सिंहले खेल्नुभएको भुमिका महत्वपूर्ण रहेको समेत उल्लेख गर्नुभयो । उहाँले समावेशी, समानुपातिक र महिला हक, अधिकारको दृृष्टिले नेपालको संविधान विश्वकै संविधान मध्येको एक उत्कृष्ट दस्तावेजको रुपमा रहेको दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीले पनि पार्टीको विधानमा नेपालको संविधान अनुसारनै समावेशी व्यवस्था गरेका छौं । यस मानेमा हाम्रो पार्टी पूर्ण रुपमा समावेशी छ । नेपालको संविधान अनुसार समावेशी छ । तर यस्तो काम गरेको, यसको लागि लडेको पार्टीमा आपसी एकताको कमीहोस, जे सुकैको कमीले होस् । यद्यपि हाम्रो पार्टी ठूलो बनेको छ । अहिलेको हिसावले सबैभन्दा ठूलो पार्टी छ हाम्रो पार्टी । अहिलेको संविधान अनुसार हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी छ । तर बहुमत प्राप्त गरेको छैन ।’

‘बहुमत प्राप्त गर्न सजिलो पनि छैन वास्तवमा । अहिलको बेला समावेशी, समानुपातिक आधारको संविधान भएको कारण सबैलाई प्रतिनिधित्व गर्ने हिसावले बहुमत आउन गाह्रो छ । तर पनि अहिले हाम्रो पार्टी ठूलो पार्टी छ । भोलि बहुमत ल्याउन सक्ने पार्टीको रुपमा हामीले स्थापित गर्नुछ । त्यसका लागि महिलाहरुको धेरै ठूलो योगदान हुन्छ । महिलाहरुको योगदान नभईकन हाम्रो पार्टी सुदृढ हुन सक्दैन । त्यसैले आजको भेलामा महिला सशक्तिकरणको कार्यक्रम छ । यसलाई अझ बढी सशक्तिकरण गर्दै हाम्रो पार्टीलाई सच्चा मानेमा महिलाहरुलाई अगाडि ल्याएर हामी नेपालको ठूलो पार्टी मात्र होइन, बहुमत प्राप्त गर्न सक्ने पार्टीको रुपमा स्थापित गर्न सकियोस् भन्ने म हार्दिक शुभकामना व्यक्त गर्दछु । त्यसका लागि हामी सबै लागेर कामहरु गरौं ।’

सभापति देउवाले नेपाली काँग्रेसले पनि संविधानअनुसार महिला लगायतका सबै समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गराउने काम गरेको जिकिर गर्नुभयो ।