• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

कर्णाली क्षेत्रको भ्रमणका लागि पूर्वराजा शाह अर्को हप्ता नेपालगञ्ज जाने



काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले अर्को हप्ता कर्णालीका केही जिल्लाहरुको भ्रमण गर्नुहुने भएको छ ।

मध्यपश्चिम र कर्णाली क्षेत्रका जिल्लाहरुको भ्रमणको सिलसिलामा पूर्वराजा शाह आगामी हप्ता नेपालगञ्ज जाने उहाँको सचिवालयले जनाएको छ।

‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव मध्यपश्चिम र कर्णाली क्षेत्रको केही जिल्लाहरुको भ्रमणको सिलसिलामा आगामी हप्ता नेपालगञ्ज सवारी होइबक्सदै छ,’ पूर्वराजा शाहको सचिवालयले जारी गरेको बिज्ञप्ति उल्लेख छ ।