काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली निर्बाचनको तयारी र नेकपा भित्रको विवादका बारेमा छलफल गर्न मंगलबार बिहान ११ बजे निर्बाचन आयोग जान लाग्नु भएको छ । नेकपा भित्रको विवादका बारेमा आयोगले दुबे पक्षका नेता हरुलाई बोलाएको थियो ।
नेपाल –दाहाल समुहका अध्यक्ष माधब कुमार नेपाल र पुष्पकमल दाहाल पार्टीको आधिकारिकता दाबी गर्दे आयोग मा गै सक्नु भएको छ । यस अघि दुबै पक्षले आफ्ना प्रतिनिधि मात्र पठाएका भए पनि नेपाल दाहाल आयोग मा गएको हुनाले अध्यक्ष ओली आयोगमा जान लाग्नु भएको हो ।











