• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

आईपीएलमा २०० रन बनाउनु चेन्नईका लागि ‘बच्चाको खेल’



एजेन्सी । इन्डियन प्रिमियर लिग वा कुनै पनि टी–२० खेलमा २०० रनको अंक पार गर्नु कुनै पनि टोलीका लागि सजिलो काम होइन । चेन्नई सुपर किंग्सका ब्याट्सम्यानले मंगलबार विष्फोटक खेल खेल्दै गुजरात टाइटन्सविरुद्ध २०६ रन बनाएको थियो र यो खेलमा चेन्नई ६३ रनले विजयी भयो ।

यसअघि आईपीएल २०२४ मा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीचको खेलमा दुवै इनिङ्समा २०० भन्दा बढी रन बनेको थियो । आईपीएलको इतिहासमा सबैभन्दा बढी २०० रनको आँकडा पार गर्ने कीर्तिमान कुन टोलीले राखेको छ भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ ? आरसीबीको ब्याटिङ लाइनअप सधैं उत्कृष्ट रहेको छ, तर यो रेकर्डको हिसाबले पनि धेरै पछाडि छ ।

चेन्नईले आईपीएलको इतिहासमा आफ्नो पहिलो खेलमा अर्थात १९ अप्रिल २००८ मा पञ्जाब किंग्सविरुद्ध २४० रन बनाएको थियो । यो खेलमा माइकल हसीले ५४ बलमा ११६ रनको शानदार इनिङ खेल्दै ३३ रनले खेल जितेका थिए । अहिलेसम्म चेन्नई सुपर किंग्सको टोलीले जम्मा २९ पटक २०० वा सोभन्दा बढी रन बनाएको छ ।

चेन्नई २०२३ मा च्याम्पियन बनेको थियो र त्यो सिजनमा टोलीले एक वा दुई पटक होइन, २ पटक २०० रनको आँकडा पार गर्यो । यसबाट गत सिजनमा चेन्नईले कसरी आफ्नो दबदबा कायम राखेको थियो भन्ने देखाउँछ ।

यस मामिलामा आरसीबी दोस्रो स्थानमा छ, जसले २४ पटक एक इनिङमा २०० वा सोभन्दा बढी रन बनाएको छ । विराट कोहली, एबी डिभिलियर्स र क्रिस गेल लगायत धेरै महान खेलाडीहरूले आरसीबीबाट खेलेका छन्, तर तिनीहरू अझै पनि चेन्नई भन्दा धेरै २०० रन बनाउने मामिलामा पछाडि छन् ।

आईपीएलको इतिहासमा एक इनिङ्समा सर्वाधिक रन बनाउने कीर्तिमान पनि आरसीबीकै नाममा छ । उसले सन् २०१३ मा पुणे वारियर्सविरुद्ध २६३ रन बनाएको थियो । तेस्रो स्थानमा मुम्बई इन्डियन्स रहेको छ, जसलाई रोहित शर्माले आफ्नो कप्तानीमा ५ पटक च्याम्पियन बनाए पनि मुम्बईको टोलीले २२ पटक मात्रै २०० रनको आँकडा छुन सकेको छ ।

आईपीएलमा मुम्बईले बनाएको उच्चतम स्कोर २३५ रन हो, जुन उसले सन् २०२१ मा सनराइजर्स हैदरावादविरुद्ध बनाएको थियो ।