८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

२६ औँ मानव अधिकार पुरस्कार डा. विश्वकर्मालाई



अ+ अ-

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २६ औँ मानव अधिकार पुरस्कार डा. रुपचन्द्र विश्वकर्मालाई प्रदान गरेको छ ।  

मंगलबार मानवअधिकारवादी योद्धा स्व. प्रकाश काफ्लेको २८ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा डा. विश्वकर्मालाई २६ औँ मानवअधिकार पुरस्कार २०७६ प्रदान गरिएको हो । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका – ५ का स्थायी बासिन्दा डा. विश्वकर्मा बाजुरा जिल्लाको नागरिकको स्वास्थ्य सेवामा सर्मपित व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ । बिगत ३ वर्षदेखि बाजुरा जिल्लामा रहि नागरिकको स्वास्थ्य सुधारका लागि पहलकदमी लिदै दुर्गम जिल्लामा बसी स्वास्थ्य सेवा सुधार र विपन्न वर्गको पहुँच अभिवृद्धिको काम गरिएको भन्दै उहाँलाई सम्मान गरिएको इन्सेकका कार्यकारी निर्देशक बिजयराज गौतमले बताउनुभयो ।

३ वर्षअघि बाजुरा विमानस्थलमा भएको हवाई दुर्घटनाको घाइतेलाई उद्धार गरी सुविधा सम्पन्न अस्पताल लैजाने क्रममा जहाजभित्रै आपतकालीन उपचार गरी घाईतेलाई बचाएपछि उहाँको चर्चा देशभरी भएको थियो । सम्मान पछि डा. विश्वकर्माले यो सम्मान आफ्नो मात्रै सम्मान नभई बाजुरा जिल्लामा बस्ने सम्पूर्ण स्वास्थ्यकर्मी र अस्पतालको नै सम्मान भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का संस्थापक अध्यक्ष सुशील प्याकुरेलले पहिले आर्थिक, सामाजिक अधिकारको कुरा गर्दा प्रजातन्त्र, लोकतन्त्रवादी हुँदैनन् भन्ने जमानालाई तोड्दै आफुहरु मानवअधिकारको क्षेत्रमा अघि बढिरहेको बताउनुभयो । इन्सेकले मानवअधिकारको क्षेत्रमा निरन्तर काम गर्दै आएको छ ।