१ असार २०८३, सोमबार
,
Latest
सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

२६ औँ मानव अधिकार पुरस्कार डा. विश्वकर्मालाई



अ+ अ-

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २६ औँ मानव अधिकार पुरस्कार डा. रुपचन्द्र विश्वकर्मालाई प्रदान गरेको छ ।  

मंगलबार मानवअधिकारवादी योद्धा स्व. प्रकाश काफ्लेको २८ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा डा. विश्वकर्मालाई २६ औँ मानवअधिकार पुरस्कार २०७६ प्रदान गरिएको हो । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका – ५ का स्थायी बासिन्दा डा. विश्वकर्मा बाजुरा जिल्लाको नागरिकको स्वास्थ्य सेवामा सर्मपित व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ । बिगत ३ वर्षदेखि बाजुरा जिल्लामा रहि नागरिकको स्वास्थ्य सुधारका लागि पहलकदमी लिदै दुर्गम जिल्लामा बसी स्वास्थ्य सेवा सुधार र विपन्न वर्गको पहुँच अभिवृद्धिको काम गरिएको भन्दै उहाँलाई सम्मान गरिएको इन्सेकका कार्यकारी निर्देशक बिजयराज गौतमले बताउनुभयो ।

३ वर्षअघि बाजुरा विमानस्थलमा भएको हवाई दुर्घटनाको घाइतेलाई उद्धार गरी सुविधा सम्पन्न अस्पताल लैजाने क्रममा जहाजभित्रै आपतकालीन उपचार गरी घाईतेलाई बचाएपछि उहाँको चर्चा देशभरी भएको थियो । सम्मान पछि डा. विश्वकर्माले यो सम्मान आफ्नो मात्रै सम्मान नभई बाजुरा जिल्लामा बस्ने सम्पूर्ण स्वास्थ्यकर्मी र अस्पतालको नै सम्मान भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का संस्थापक अध्यक्ष सुशील प्याकुरेलले पहिले आर्थिक, सामाजिक अधिकारको कुरा गर्दा प्रजातन्त्र, लोकतन्त्रवादी हुँदैनन् भन्ने जमानालाई तोड्दै आफुहरु मानवअधिकारको क्षेत्रमा अघि बढिरहेको बताउनुभयो । इन्सेकले मानवअधिकारको क्षेत्रमा निरन्तर काम गर्दै आएको छ ।