२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा दाहाल- नेपाल समुहको शक्ति प्रर्दशन



अ+ अ-

काठमाडौ ।  प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल –दाहाल– नेतृत्वको नेकपाको बिरोध शभा सुरु भएको छ । माध नौ गते शभा गरेकै स्थानमा आयोजना गरिएको स्थानमा भै रहेको शभामा बिभिन्न कलाकारहरुले आ आफनो प्रस्तुति दिईरहेका छन् । बिभिन्न ५ वटा ठाउ बाट  जुलुश शभास्थल भृकुटी मण्डप आईपुगेको छ । पुल्चोक त्रिपुरेश्वर , माईतिघर , पुल्चोक र लैनचौरबाट जुलुसहरु निकालिएको छ ।  पाच वटौ जुलुस को नेतृत्व केन्द्रिय नेताहरुले गरेका छन् ।

 सभालाई अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ  सम्बोधन गर्नुहुने छ । यसै गरी  केन्द्रीय सदस्य अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झॉक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा, देव गरुङ, रघुजी पन्तले  पनि सभालाई सम्बोधन  गर्नुहुने छ ।

बिरोधशभाको अध्यक्षता केन्द्रीय सदस्य हितबहादुर तामाङले गर्ने तथा , स्वागत मन्तब्य जीवनराम श्रेष्ठ र सञ्चालन स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले गर्ने कार्यक्रम रहेको नेता बिष्णु रिजालले जनाउनु भएको छ ।