१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

नेसपा र माओवादी केन्द एकता गर्ने भ्रमपूर्ण प्रचारबाजी गरियो: बाबुराम भट्टराई

नेसपा र माओवादी केन्द एकता गर्ने भ्रमपूर्ण प्रचारबाजी गरियो: बाबुराम भट्टराई
अ अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफूहरुको पार्टी नेकपा(माओवादी केन्द्र)सँग एकता गर्ने भनि भ्रमपूर्ण प्रचारबाजि गरिएको बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै संयोजक भट्टराईले नेपाल समाजवादी पार्टी नेकपा(माओवादी केन्द्र)सँग एकता गर्न लागेको भनि जालसाझिपूर्ण र भ्रमपूर्ण प्रचारबाजी गरिएको बताउनुभएको हो । उहाँले पार्टीका केही व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गर्न लागेका बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा पार्टीका केही मान्छेहरु माओवादी केन्द्रमा प्रवेश गरेर पार्टी एकता भयो भन्नुले आफूहरु आश्चर्यचकित भएको बताउनु भयो ।

उहाँले आफ्नो पक्षमा केन्द्रिय समितिको ७० प्रतिशत र केन्द्रिय कार्यकारिणी समितिको दुई तिहाई संख्या रहेको र निर्वाचन आयोगमा पनि आफैँ अध्यक्ष भएको अभिलेख रहेको बताउनु भयो । संयोजक भट्टराईले शान्ति प्रक्रियालाई टुग्याउने र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नका लागि आफूहरु पुरानो पार्टीसँग सहकार्य गर्न तयार रहेपनि उनीहरुसँग मिस्सिने कुनै मनशाय नरहेको बताउनु भयो । उहाँले नेपाल समाजवादी पार्टी आफ्नो सिंगो अभियानलाई छोडेर माओवादी केन्द्रसँग एकता नगर्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘केही समययता हाम्रा केही साथीहरु, पार्टीभित्र आन्दोलनका क्रममा थकाइ लाग्छ, गलिन्छ । त्यसले गर्दाखेरी, यात्रामा हिड्नुभन्दा चौतारीमा बास नै बसौँ । छिमेकीको एउटा घरमा गएर मिठो खाना खाउँ जस्तो यात्रीलाई अनुभुत हुन्छ । त्यस्तै साथीहरुलाई पनि अलिअलि भएर उहाँहरुले गर्न खोज्नुभयो । त्यसलाई हामीले अन्यथा मान्ने कुरा हुँदैनथियो । त्यो निरन्तर चल्छ । राजनीतिक परिवर्तनको यात्रामा । तर अलिकति बिडम्बनापूर्ण के भइदियो भने देशको प्रधानमन्त्री जो एउटा पार्टीको अध्यक्ष पनि हुनुहुन्छ, उहाँकै उपस्थितिमा केही मान्छेहरुले उहाँको पार्टीमा प्रवेश गरेको कुरालाई पार्टी नै मर्ज भएको भन्ने ढंगको जुन वक्तव्य आयो । त्यसबाट हामी आश्चर्यचकित भयौँ । म पार्टीको अध्यक्ष छु । निर्वाचन आयोगका सबै अभिलेखले त्यो देखाउँछ । फेरी वार्ता समितिको संयोजक म आफैँ हुँ ।’

‘फेरी हाम्रो पार्टीको केन्द्रीय समितिको अस्ति ५ गते बैठक बस्यौँ, ७० प्रतिशत केन्द्रीय समिति र दुई तिहाइ कार्यकारिणी समिति उपस्थित भएर हामीले निर्णय पनि गरेका छौँ । यस्तो अवस्थामा त्यस्तो प्रकारको जालसाझिपूर्ण, भ्रमपूर्ण प्रचारबाजि गरियो । राजनीतिक यात्राको क्रममा बांगाटिंगा यात्राहरु हुन्छन्, यसलाई अन्यथा मान्ने कुरा हुँदैन । मैले पुरानै ठाउँमा फर्किएर यात्रा गर्नुपर्छ भन्नुको अर्थ के थियो भने बीचमा यस्ता गतिविधिका कारणले गर्दा हामीपनि पुराना शक्तिभन्दा के फरक भयौँ भन्ने जनतामा पर्न पनि गयो । हिजो हामी जनयुद्धकै पृष्ठभुमीमा आएको हुनाले त्यसका कतिपय कार्यभार बाँकी छन् । शान्ति प्रक्रिया लगायतका कुरा । संघीय लोकतान्त्रिक गणतन्त्र छ ।’

‘यसमाथि भइरहेका जुन प्रहारहरु छन् । यसलाई रक्षा गर्ने कुराहरुमा हामीले पुराना शक्तिहरुसँग पनि सहकार्य गर्नुपर्छ । तर अब उहाँहरुबाट मात्रै त्यसको रक्षा हुँदैन । अगाडी बढेर मात्रै रक्षा हुन्छ भनेर हिडिसकेको हुनाले हाम्रो उहाँहरुसँग मिस्सिने कुनै मनशाय पनि होइन । आवश्यकता पनि होइन । हामीले गर्ने कुरा पनि थिएन । तर कहिलेकाहीँ सहकार्य त गर्नुपर्छ । चुनावी तालमेल गर्ने कुरा । खासखास मुद्दामा सहकार्य गर्नेकुरा एउटा कुरा हो । तर हाम्रो सिंगो अभियानलाई नै छोडेर पुरानो पार्टीतिर फर्किने भन्ने कुरा सोचेको कुरा पनि होइन । कल्पना गरेको कुरापनि होइन । यो विषयमा हाम्रो आम जनसमुदायमा कुनै भ्रम नरहोस् । र अब हामी प्रष्ट ढंगले वैकल्पिक शक्ति, नयाँ लोकतन्त्रमा आधारिक समाजवादको धारको पक्षपोषण गर्दै हामी अगाडी बढेका छौँ । त्यही बाटोमा हामी दृढ छौँ । हामी पछाडी फर्किने कुरा हुँदैन ।’

संयोजक भट्टराईले अहिलेको तरिकाले भ्रष्टाचारको अन्त्य नहुने बताउनु भयो । उहाँले कांग्रेस सरकारमा भएको बेलामा कम्युनिस्टहरुलाई भ्रष्टाचारी भन्ने र कम्युनिस्टहरु सरकारमा भएको बेलामा काँग्रेस भ्रष्टाचारी भन्ने प्रवृत्ति रहेको बताउनु भयो । उहाँले आपसमा मिल्दाखेरी सबै साफ हुने प्रवृत्ति पनि रहेको भन्दै यसरी भ्रष्टाचारको अन्त्य नहुने स्पष्ट पार्नुभयो । उहाँले सबै उच्च पदस्थको छानविन र कारबाहीसम्म गर्न सक्नेगरी शक्तिशाली जनलोकपाल गठन गरेर भ्रष्टाचारीमाथि कारबाही गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘भ्रष्टाचारको अहिले जुन प्रकरणहरु भइरहेका छन् । यसरी अंश, अंशमा यो हल हुँदैन । काँग्रेस सरकारमा भएको बेलामा कम्युनिस्टहरुलाई भ्रष्टाचारी भन्ने । कम्युनिस्टहरु सरकारमा भएको बेलामा कांग्रेस भ्रष्टाचारी भन्ने अनि आफू चोचो मिलाएर फेरि सबै साफ हुने जुन प्रवृत्ति छ, यसरी भ्रष्टाचारको निवारण हुँदैन । त्यसको निम्ति अधिकारसम्पन्न जनलोकपालको व्यवस्था गरेर सबैमाथि, हामी पूर्वप्रधानमन्त्रीदेखि लिएर सबैको सम्पत्ति र गतिविधिको छानविन गर्न सक्ने र आवश्यक पर्दाखेरी सबैलाई कारबाही गर्नसक्ने यस्तो शक्ति सम्पन्न जनलोकपाल हुनुपर्छ भन्ने हाम्रो भनाई हो । त्यसले मात्रै भ्रष्टाचार निवारण हुन्छ । नत्र आफू सत्तामा भएको बेलामा अर्कालाई आरोपित गर्ने, अनि आफ्नो ढाकछोप गर्ने जुन प्रवृत्ति छ, यसले भ्रष्टाचार झन मौलाउँछ ।’

उहाँले पुराना पार्टीहरुसँग चुनावी तालमेल गरेका कारण जनतामा भ्रम परेको भन्दै अब पार्टीलाई पुरानो पार्टीहरुको संसर्गबाट टाढा राख्ने बताउनु भयो ।