काठमाडौं । राष्ट्रपतिको मानमर्दन गरेको आरोपमा पक्राउ परेकी नेकपाको दाहाल नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीले संवैधानिक राष्ट्रपतिप्रति आफ्नो सम्मान रहेको लिखित बयान दिएपछि रिहा भएकी छिन्।
उनले प्रहरी बयानमा यो संस्थाप्रति आफ्नो हिजो आज र भोलि पनि सम्मान रहने प्रतिबद्धता व्यक्त गर्दै तर गोरखामा आफूले दिएको अभिव्यक्ति राजनीतिक भएको पनि बताएकी थिइन् ।
प्रहरीले पक्राउ गरी करिब साढ ५ घन्टा नियन्त्रणमा राखेपछि उनलाई लिखित बयान लिइएको थियो । त्यसमा उनले सो प्रतिबद्धता व्यक्त गरेकी थिइन् । उनलाई प्रहरीले राज्य विद्रोहको अपराधमा पक्राउ गरेको थियो । तर त्यसको सर्वत्र आलोचना भएको थियो ।
उनको पक्राउको विषयलाई लिएर देशव्यापी रुपमा सरकारको आलोचना भएपछि रिहाइको विकल्प खोजेको प्रहरीले उनीसँग बयान पनि लिएको थियो । त्यस क्रममा उनले व्यक्त गरेको प्रतिबद्धता पत्र यसै समाचारको तल राखिएको छ ।












